logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा पर्यटन दिवस भव्यका साथ सम्पन्न


    १० असोज २०८० , बुधबार

    लुम्बिनीमा पर्यटन दिवस भव्यका साथ सम्पन्न

    लुम्बिनी । ‘टुरिजम एण्ड ग्रीन इन्भेस्टमेन्ट’ भन्ने मुल नाराका साथ ४४ औं पर्यटन दिवस  लुम्बिनीमा सम्पन्न भएको छ। विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी विकास कोष तथा होटल व्यवसायी संघ, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाले लुम्बिनीमा आगमन भएका विदेशी  पर्यटकहरुलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले स्वागत एवं सम्मान सहित मायाको चिनो उपहार प्रधान  गरेर धुमधामका साथ मनाएको छ।  

    लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल संघ, नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, लुम्बिनी, बृहत्तर लुम्बिनी क्षेत्र स्थानीय पथ प्रदर्शक संस्था लुम्बिनी, महामाया रिक्सा चालक संघ, लगायत उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष डा.लामाले पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

    शुभकामनाको क्रममा उपाध्यक्ष डा.लामाले लुम्बिनीमा लाखौं धार्मिक पर्यटक भित्राउने लक्ष्य रहेको बताए । अन्तर्राष्ट्रिय पर्यटकलाई आवश्यक सुविधा उपलब्ध गराउन र सहजीकरण गर्न , आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकता दिन समेत आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.