नेपाल प्राकृतिक सुन्दरताले सजिएको देश हो । यहाँ संसारभरका मानिसलाई आकर्षण गर्ने प्राकृतिक सम्पदाहरु छन् । यी सम्पदाहरु दृष्यावोलक गर्नका लागि विदेशी पर्यटकहरु आतुर देखिन्छन् । यहाँको वनजंगल, पहाड, हिमाल, ताल तथा धार्मिक स्थलहरुको महत्व संसारभर रहेको छ । यसको विकास र विस्तारमा राज्य कमजोर भएपनि पर्यटकहरु पुग्ने गरेका छन् । देशलाई प्राकृतिले सुन्दरताको धनि मूलुक बनाए पनि राज्य समन्यत्र कमजोर हुदाँ पर्यटन क्षेत्रको विकासमा बाँधा पुगेको छ । नेपालमा आउने पर्यटनहरु निकै कष्ट तथा दुःखका साथ यहाँका प्राकृतिक सम्पदाहरुको भ्रमण गर्ने गरेका छन् । तर राज्य बेखबर जस्तै रहेको छ । यहाँ आउने पर्यटनको रोजाईमा पर्ने हिमालय क्षेत्रको भ्रमणका लागि राज्यले राजस्व उठाउने भन्दा अरु गर्न सकेको देखिदैन । ट्रेकिङ गर्न आउने पर्यटकहरु समेत पर्यटन क्षेत्रको व्यवस्थापन कमजोर हुदाँ कष्टकर रमाईलो गर्ने गरेको पर्यटकहरु बताउने गरेका छन् । देशका धार्मिक सम्पदाहरुका लागि समेत विदेशी पर्यटकहरु नेपालमा आउने गरेका छन् तर यी सम्पदाको संरक्षण तथा पर्यटकीय आर्कषण बनाउन राज्य चुकेको छ । संसारभर नेपाललाई मन्दिरको शहरको रुपमा परिचित गरिएको छ । तर राज्यले यी मन्दिर र धार्मिक स्थलहरुलाई पर्यटकहरुको आकर्षण बनाउन नसकेका गुनासाहरु बरल्तै भेटिन्छन् । यहाँका राष्ट्रिय निकुञ्जहरु समेत पर्यटन क्षेत्रको विकास र विस्तारका लागि महत्वपुर्ण क्षेत्र हुन । पश्चिम नेपालका प्राकृतिक क्षेत्रहरु पर्यटनका लागि अहिले पनि बेखबर बनेका छन् । भर्जिन क्षेत्रको रुपमा रहेका कर्णाली र सुदुर पश्चिमका पर्यटकीय क्षेत्रलाई राज्यले विश्वमाझ पुराउने कोशिस गरेको देखिदैन । पर्यटकले थाहा पाएर घुम्न जान पनि यी स्थलहरु अन्कन्टार क्षेत्रमा रहेको भेटिन्छ । पर्यटन क्षेत्रलाई संस्थागत बनाउनका लागि राज्यले नेपालको प्राकृतिक सुन्दरतालाई विदेशी पर्यटकलाई बेच्ने वातावरण बनाउनु पर्दछ । राज्यलाई समृद्ध बनाउनका लागि नेपालको पर्यटन क्षेत्र महत्वपुर्ण हो । यो क्षेत्रको विकास तथा विस्तार गर्नका लागि सरकारले विशेष अभियान सञ्चालन गर्न जरुरी देखिन्छ । पर्यटनले धेरै रुचाएका लुम्बिनी, पशुपतिनाथ, सगरमाथा, हिमालय क्षेत्र, ट्रेकिङ क्षेत्र, राष्ट्रिय निकुञ्जहरु, स्वयभू क्षेत्र, बौद्ध, पोखराका विभिन्न स्थलहरुको विकास पुर्वाधारले सम्पन्न बनाउनु पर्दछ । यी क्षेत्रलाई आर्थिक र सामाजिक रुपमा बलियो पार्दै पर्यटन आकर्षणको केन्द्र बनाउनु पर्दछ । पश्चिम नेपालमा भर्जिन पर्यटकीय स्थलहरुलाई पहिचान गरि पर्यटन आगमनको वातावरण देशले गर्नु पर्दछ । संसारभरका मानिसहरु नेपालमा रमणियस्थलहरु घुम्न आउने भएकाले घुम्ने वातावरण बनाउनु पर्दछ । पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई पनि उत्कृष्ट तालिमको व्यवस्थापन तथा पर्यटक संग गरिने व्यवहारका विषयमा समय–समयमा तालिम तथा छलफल गराउने कार्य राज्यले गर्नुपर्दछ । ‘अतिथि देवो भव’ भन्ने नेपालको परम्परागत भनाईलाई आत्मसात गर्दै देशको विकासमा महत्वपुर्ण भुमिका खेलेको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउनु पर्दछ । यहाँ देखिका विभिन्न गलत धन्दाहरुको रोकथाम र दिगो पर्यटनको विकासमा सवैको ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । यसका लागि राज्यले सम्पूर्ण पर्यटनक्षेत्रलाई नियन्त्रण, अनुगमन, निर्देशन र संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता हो । पर्यटनक्षेत्रलाई संस्थागत गर्दै देशको पर्यटन विकास हुने देखिन्छ । यसका लागि पर्यटन क्षेत्रको पहिचान गर्ने र प्रचार गर्ने काम राज्यको हो । यहाँ आउने पर्यटकलाई राज्यको तहबाट दिने विभिन्न सुविधा दिने काम पनि राज्यको दायित्व देखिन्छ । नाफा कमाउनका लागि पर्यटन क्षेत्रमा रमाएका व्यवसायीहरुलाई अनुगमन तथा संरक्षण गर्ने दायित्व पनि नेपाल सरकारको भएकाले सबैले एकमतका साथ पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिन जरुरी देखिन्छ । नत्र पर्यटन दिवसले सार्थकता पाउने अपेक्षा गर्न सकिदैन । यसका लागि नीजि क्षेत्र र राज्य समन्यत्र एकताका साथ दिगो पर्यटनको विकासका लागि दर्गुनु पर्ने देखिन्छ ।