logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रातो मासुको प्रयोग कम गरौँ


    ८ कार्तिक २०८० , बुधबार

    रातो मासुको प्रयोग कम गरौँ

    भैरहवा । दसैँमा मानिसहरूले रातो मासु,खसी, च्यांग्रा लगायत, अत्यधिक प्रयोग गर्छन् । यसमा राम्रो र नराम्रो फ्याट स्याचुरेटेड फ्याट मिसिएको हुन्छ । मात्रा मिलाएर थोरै–थोरै तीन–चारवटा सानो पिस खानु ठिकै हुन्छ । तर, हाम्रोमा धेरै मासु खाने बानी हुन्छ । धेरै भेराइटी एकैपटक खाने बानी हुन्छ । यो राम्रो होइन । प्रेसर, कोलेस्ट्रोल, मुटुका बिरामी, मधुमेह, युरिक एसिडका बिरामी, पाचन प्रणालीमा समस्या भएकाहरूले सकेसम्म रातो मासु नखानु राम्रो हुन्छ । खानैपरे चिल्लो कम प्रयोग गरेर तयार गर्नुपर्छ र थोरै खान सकिन्छ । स्वस्थ रहनका लागि माछा–मासुको सन्तुलित प्रयोग जरुरी छ ।

    मासु नखानेका लागि
    मासु नखानेका लागि पनि थुप्रै परिकार बनाएर खान सकिन्छ । पनिर, गेडागुडी, च्याउ, चिजलगायतका परिकार बनाउन सकिन्छ । त्यस्तै, च्याउ, क्वाँटी, सोयाबिन, पनिरलगायतका परिकार बनाएर खान सकिन्छ ।

    सलाद
    शाकाहारीले पनि यस समय उच्च प्रोटिनयुक्त खानेकुरा ९पनिर, तोफु०लगायत अत्यधिक खाने गर्नुहुन्छ । तर, हामीले यसरी प्रोटिन धेरै भएका खानेकुरा खाँदा फाइबरयुक्त खानेकुरा पनि मात्रा मिलाएर खानुपर्छ । दाल, गेडागुडी, काँक्रो, मुला, गाँजर, हरियो सागसब्जी, प्याजलगायतमा प्रशस्तै मात्रामा फाइबर हुन्छ । त्यसैले सलाद खानुपर्छ ।

    काँक्रोको अचार
    दसैँमा हामीले काँक्रोको अचार बनाउने गर्छौं । यसरी सिसीमा खाँदेर तयार गरिएको अचार स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हाम्रो आन्द्रामा हुने राम्रो ब्याक्टेरिया ‘प्रोबायोटिक’ यसमा प्रशस्तै हुन्छ । त्यसैले यस अचारले पाचन प्रणालीसम्बन्धी समस्या कम गराउँछ । मासु धेरै खाँदा अचार पनि खाइयो भने त्यसलाई पचाउन सहज हुन्छ । तर, अचार बनाउँदा नुन र चिल्लोको प्रयोग कम गर्नुपर्छ ।

    जंकफुडमा रोक
    दसैँमा मानिसहरूले जंकफुडको प्रयोग पनि अत्यधिक गर्ने गरेका छन् । विशेषगरी, स्न्याक्सका रूपमा यसको प्रयोग हुन्छ । तर, स्वास्थ्यका लागि जंकफुड राम्रो होइन । यसले विभिन्न समस्या निम्त्याउन सक्छ । हामीले जंकफुडको साटो घरमै पकाएका खानेकुराको प्रयोगमा जोड दिनुपर्छ । बजारमा पाइने चिप्सको साटो भटमास वा चना साँधेर घरमै स्न्याक्स तयार गर्न सकिन्छ । बदाम साँध्न सकिन्छ । पेयपदार्थ पनि घरमै तयार गर्न सकिन्छ । बजारबाट पेयपदार्थ ल्याउनुको साटो घरमै पुदिना, कागतीलगायत मिसाएर स्वस्थ पेयपदार्थ तयार गर्न सकिन्छ ।मदिरा मदिराका कारण मानिसहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् । पाचन प्रणाली खराब हुन्छ । कलेजोमा असर पुर्‍याउँछ । त्यही कारण मदिरा र धूम्रपानबाट टाढा रहनुपर्छ । उपचार गर्नुभन्दा समस्या नै देखिन नदिनु राम्रो हो । पानी पानी प्रशस्तै पिउनुपर्छ । हाम्रो शरीर हाइड्रेट रहन आवश्यक छ । दैनिक कम्तीमा १।५ लिटर पानी हाम्रो शरीरलाई आवश्यक पर्छ । मानिसको तौल, उचाइ, स्वास्थ्य अवस्थाअनुसार यसभन्दा धेरै आवश्यक पर्न सक्छ । खाना खाइसकेपछि ३० मिनेटको ग्याप राखेर पानी पिउँदा खाना पाचन प्रणाली पनि राम्रो हुन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.