logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    उमेरभन्दा कम देखिने तरिका


    ९ कार्तिक २०८० , बिहिबार

    उमेरभन्दा कम देखिने तरिका

    भैरहवा । मानिसले आफ्नो उमेरलाई युवा अवस्था र चम्किलो अनुसार राख्नका लागि विभिन्न उपायहरु अपनाउन सक्दछन् । स्वास्थ्यकर्मीहरुले मानिसलाई सधै उमेर भन्दा कम देखिनका लागि विभिन्न उपाएहरु अनुचरण गर्न सुझाव दिने गरेका छन् । जुन यसप्रकार छन् ।

    चुरोट नपिउने
    सूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ। चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ। राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ।

    पोषण युक्त खाना खाने
    छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ। पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा बढी उमेरको देखिन्छ।

    बढी गुलियो खाना नखाने
    बढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई वेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्छ।

    पर्याप्त पानी पिउने
    शरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ। प्रशस्त पानी पिउदा शरीर भित्रका फोहर पदार्थहरु मल, मुत्र र पसिनावाट वाहीर राम्रो संग निस्कन्छन्। पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र त्यसको असर छालामा पनि देखिन्छ।

    निद्राको कमी
    दिनभर दौडधुप र परिश्रम गर्दा शरीर तथा मस्तिष्क थाकी आराम खोजी रहेको हुन्छ। करिव सात घण्टा जती सुतेपछि शरीर र मस्तिष्कले आराम पाउँछन् र पुन काम गर्नको लागि फ्रेस हुन्छन्। यदि शरीर र मस्तिष्कले आफुलाई पुनर्ताजगी गर्न आवश्यक पर्ने आराम पाएनन् भने विहान उठ्दै खेरी फ्रेस हुदैनन्। लगातार यस्तो भइराख्यो भने वास्तविक उमेर भन्दा बढी उमेरको देखिने, छाला चाउरी पर्ने आदि हुन्छ।

    मानसिक तनाव
    मानसिक तनावको असर शरीर र मस्तिष्क दुवैमा नराम्रो पर्छ। कतिपय छालाका रोगहरु जस्तै सोरायसिस, दाद, मानसिक तनाव हुँदा वढ्छन्। अनुहारमा पनि मानसिक तनावको असर नराम्रो पर्छ।

    बढी घाममा नबस्ने
    सूर्यको किरणले पनि छालालाई नराम्रो असर पार्दछ, त्यसैले धेरै घाममा वस्नु वा घाममा काम गर्नु पनि हानीकारक हुन्छ। बढी घाममा वस्नेहरुको छालामा एक किसिमको क्यान्सर समेत बढी हुने गरेको छ। ओजोनतह नष्ट हुदै गएकोले र सूर्यवाट निस्कने अल्ट्राभाएलेट किरणले यस्ता हानी गर्दछन्। तर यसको मतलव घाममा वस्नै हुदैन वा घाममा काम गर्नै हुदैन भन्न खोजेको भने होइन। शरीरको लागि भिटामिन ‘डी’ आवश्यक पर्छ र यसको लागि घाममा केहि समय वस्नु पनि आवश्यक हुन्छ। अर्थात सोझै मुखमा घाम नपर्ने गरी केहि समय घाममा वस्न सकिन्छ, बढी वस्नु हुदैन।

    हार्मोनहरुको सन्तुलन बिग्रने
    शरीरको लागि धेरै प्रकारका हार्मोनहरुको आवश्यकता हुन्छ। महिलाहरुमा किशोरावस्था, गर्भावस्था र महिनावारीको साइकलको लागि विभिन्न हार्मोनहरु चाहिन्छन्। त्यस्तै गरेर महिला तथा पुरुष दुवैमा अन्य हार्मोनहरु आवश्यक पर्छन्। ती हार्मोनहरुको सन्तुलन विग्रदा पनि मस्तिष्कमा र शरीरमा असर पर्दछ। छाला सुख्खा हुने, खस्रो हुने यिनै कारण पनि हुन सक्छन्।

    छालामा असर पार्ने कुराहरुवाट हामी टाढै रह्यौ भने मात्र हामी मानसिक र शारीरिक रुपले स्वस्थ्य रहन सक्छौं। स्वस्थ्य मन र स्वस्थ्य शरीर भएपछि मानिस स्वतः राम्रो देखिन्छ। त्यस कारण यी कुराहरुमा विशेष ध्यान राख्यौंै भने वास्तविक उमेर भन्दा कम उमेरको देखिन सकिन्छ।

    शारीरिक व्यायाम
    शारीरिक व्यायाम गर्नाले शरीर तन्दुरुस्त र स्वस्थ रहन्छ। यसले शरीरमा छिट्टै बुढ्यौली ल्याउन समस्यालाई कम गर्छ।

    डा कपिलदेव उपाध्याय (स्वास्थ्यखबरबाट)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.