logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सियारी साकोसको १२औं साधारण सभा सम्पन्न


    १९ कार्तिक २०८० , आइतबार

    सियारी साकोसको १२औं साधारण सभा सम्पन्न

    भैरहवा, कार्तिक १९ । सियारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार होटल सत्कार, सियारी–६ मा भएको सभाले आर्थिक वर्ष ०७९/०८० असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

    कार्यक्रमको प्रमुख अतिथि सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरेले सियारीमा ४२ वटा सहकारी रहे पनि अधिकांसको उद्देश्य कृषिको लागि मल र विउविजन विक्री वितरण रहेको छ । सयारी गाँउपालिकाको आधार कृषि नै भएकोले पालिकाले उत्पादनको आधारमा अनुदान दिदै आएको बताए । कृषिका धेरै उत्पादनमा पालिका आत्मनिर्भर भएपनि केहीमा अझै परनिर्भर भएकोले खुर्सानी, लसुन, बेसार लगायतको कृषि उत्पादनमा उत्पादनकै अनुदानको व्यवस्था गरेका जुन कृषि क्षेत्रमा राष्ट्रकै नमूना कार्यक्रमकोरुपमा रहेको अध्यक्ष घिमिरे बताए । उनले किसान कार्ड मार्फत मलको बिक्री वितरणको व्यवस्था मिलाइएको छ भने सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई गरेका छन् । उनले सियारी साकोसले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

    सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष विक्रम भुज गुप्ताले आर्थिक वर्ष ०८० को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७९/०८० मा १ करोड १९ लाख ६१ हजार १ सय रुपैंया शेयर पूँजी तथा २ करोड ८५ लाख ७७ हजार १ सय ७६ रुपैंया ६ पैसा बचत संकलन गरेको जानकारी दिए । त्यसै गरी ४ करोड ५७ लाख २९ हजार ५ सय ९६ रुपैंया ९२ पैसा कर्जा लगानी गरी ३७ लाख ७३ हजार ४ सय ८४ रुपैया ५० पैसा खुद आम्दानी गरेको संस्थाका कोषाध्यक्ष धर्मेन्द्र थापाले जानकारी दिए ।

    संस्थाले आ.व. ०८० मा १५ जना विपन्न, असहाय शेयर सदस्यहरुलाई १÷१ वटा निःशुल्क बाख्रा दिने घोषण गरेको छ । संस्थामा असल कारोबार गर्ने दुइजना शेयरधनी, २ जना एकल महिला, १ जना उत्कृष्ट बचतकर्ता र १ जना ज्येष्ठ शेयरहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । संस्थाको कुल पूँजी १२ करोड ६४ लाख ७३ हजार ७ सय २२ रहको संस्थाले आ.व. ०७९/०८० शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    कार्यक्रममा छिमेकी सहकारी संस्थाका प्रतिनिधी, सल्लाहकार बुद्धिराम हरिजन, कोषाध्यक्ष धर्मेन्द्र थापा, लेखासमितिका संयोजक धर्मराज यादव लगायतले बोलेको थिए । कार्यक्रम सल्लाहकार तुलसा शर्माको स्वागत तथा संस्थाका सचिव राजन चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.