logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रादेशिक महोत्सव सफल पारौँ


    १० मंसिर २०८० , आइतबार

    लुम्बिनी प्रादेशिक महोत्सव सफल पारौँ

    नेपालमा पछिल्लो चरणमा व्यापार महोत्सवहरु लाग्ने गरेका छन् । यस्ता व्यापार मेला तथा महोत्सवहरुले स्थानीय बजारलाई चलायमान तथा नयाँ उत्पादनलाई बजारीकरण गर्नमा सहयोग पुराउने गर्दछ । लहड र रहरमा लाग्ने मेला तथा महोत्सवहरु नेपालमा गाउँवस्ती देखि शहर सम्म लाग्ने गरेका छन् । प्राय व्यवसायी संघसंस्थाहरुले महोत्सवहरु सञ्चालन गर्ने गरेपनि कुनैकुनै स्थानमा स्थानीय क्लव तथा गाउँसमाजले समेत मेलाहरु सञ्चालन गरेको देखिन्छ । देशको आर्थिक चलायमान र व्यापार प्रर्वद्धनका लागि स्थानीयक्षेत्रमा यस्ता महोत्सवहरुले नयाँ उद्यमीहरुका लागि सहयोग पुराउने गरेको छ । सदाझै यो वर्ष पनि भैरहवा छैठौँ लुम्बिनी प्रादेशिक व्यापार महोत्सव–२०८० सञ्चालन भैरहेको छ । मंसिर ६ देखि १८ गते सम्म सञ्चालन हुने यो महोत्सवले सुस्तगतीमा अगाडी बढेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिएको छ । उद्योग व्यापार संगठन रुपन्देहीले आयोजना गरेको महोसत्वमा आर्थिक समृद्धिका साथै कृषि, पर्यटन, उद्योग, व्यापार, प्रविधिसंग सम्बन्धित व्यापारलाई बढावा दिएको देखिन्छ । नयाँ उद्यमीहरुको आगमनलाई आकर्षित गर्नुका साथै वस्तु तथा सेवाहरुको प्रचार प्रसारमा सहयोग पुराएको छ । स्थानीय उत्पादनहरुको मुख्य प्रदर्शनी रहेको मेलामा सवारी साधन देखि कृषि, खाध्य तथा दैनिक उपभोग्य बस्तुहरु, फलफूल, घरेलु, हस्तकला, महिला उद्यमीहरुका सामानहरु, लत्ताकपडा, जुत्ताचप्पल, भाडाकुडा, कष्मेटिक,रेष्टुरेन्ट, आइटी,बााल उद्यान दर्शकहरुको आकर्षण रहेका छन् । दर्शकहरुको मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारवाट गीत तथा नृत्य प्रतुती भैरहेको छ । जसले गर्दा भैरहवाक्षेत्रको आर्थिक गतिविधिले राम्रो गति लिने अपेक्षा रहेको छ । यहाँ पर्यटन प्रर्वधनका लागि स्थानीय पर्यटकीय गन्तव्यहरुको फोटा प्रदर्शन गरि प्रचार प्रसार गरिको छ । यो पर्दशनीले स्थानीय लुम्बिनी तथा बुद्ध सर्किटमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने अपेक्षा महोत्सवमा आयोजकको देखिन्छ । राष्ट्रिय कलाकार र सञ्चार माध्याम मार्फत प्रर्दशनीमा राखिएका स्थानीय उत्पादन तथा व्यापारको प्रचारप्रसार गरि खरिद विक्रिमा सहयोग पुगेको छ । महोत्सवमा विक्रिमा राखिएका स्थानीय उत्पादन तथा उपभोग्य वस्तुहरुलाई विशेष छुट रहेकाले पनि दर्शकहरुका लागि लुम्बिनी प्रादेशिक व्यापार महोत्सव–२०८० ले सहयोग पुराएको छ । आन्तरिक तथा बाह्य पर्यटन वृद्धि गरि आर्थिकरुपमा लुम्बिनीक्षेत्रको पर्यटकिय बजारलाई सहयोग पुराएको यो महोत्सवले सीमाक्षेत्रमा रहेका नेपाली बासिन्दाको रोजाईमा परेको देखिन्छ । यहाँ नेपालका मात्र नभए भारतका दर्शकहरुको समेत आगमन हुने गरेको छ । यो भैरहवा क्षेत्रका लागि सकारात्मक पक्ष हो । यो महोत्सवलाई सफल पार्नका लागि सबै पक्षले सहयोग पुराउनु पर्दछ । यहाँका स्थानीय संघसंस्था, सरकारी तथा गैरसरकारी र सरकारी कार्यालयहरुको महोत्सवलाई सफल पार्न महत्वपुर्ण भुमिका रहने गर्दछ । यहाँका अन्य व्यापारिक प्रतिष्ठान तथा संघसंस्थाहरुले आर्थिक समृद्धिका लागि लुम्बिनी प्रादेशिक व्यापार महोत्सव–२०८० को सफल पार्नु पर्दछ । स्थानीय सरकार तथा प्रदेश सरकार र संघले यो महोत्सवलाई विशेष सहयोगको आवश्यक देखिन्छ । यहाँका उद्योगी व्यापारीहरुले यहाँका विकासका लागि महोसत्वलाई चलाएमान बनाउन जरुरी छ । उद्योग व्यापार संगठन आयोजक देखिएपनि यो महोत्सव भैरहवाबासीको महोत्सव हो । यसलाई सफल पार्न हामीले सकेमा यहाँको व्यापार तथा व्यवसायी फस्टाउनका लागि सहयोग पुग्ने छ । यसका लागि सरोकारवाला निकाय तथा सरकारी निकायले ध्यान दिनु जरुरी छ । महोत्सव सचिवालयले गरिरहेका गोष्ठी तथा अन्तरक्रियाले थप यहाँको व्यापारीकरणलाई थप उचाईमा पुराउने देखिन्छ । यस्ता महोत्सवहरु नयाँ लागनीकर्ताका लागि महत्वपूर्ण प्लेटफर्म हुने गर्दछ । उत्पादनलाई सिधै उपभोक्ता सम्म पुराउन पाउने स्थल र नयाँ उद्यमीहरुलाई ज्ञानको भण्डार भैरहवामा सञ्चालनमा रहेको महोत्सव भएको छ । यसले यहाँको आर्थिक समृद्धि र उन्नतीमा सहयोग पुराउने छ । यसका लागि सबैपक्ष एकमतका साथ व्यापार मेलालाई भव्य र सभ्यरुपमा सफलपार्न लाग्नु पर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.