logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नेपालमा प्रत्येक दिन १ जना एचआईभी र एड्स संक्रमित हुने स्वास्थ्य मन्त्रालयको अनुमान


    १६ मंसिर २०८० , शनिबार

    नेपालमा प्रत्येक दिन १ जना एचआईभी र एड्स संक्रमित हुने स्वास्थ्य मन्त्रालयको अनुमान

    “३६औं विश्व एडस दिवस” पत्रकार अन्तरक्रिया कार्यक्रम
    झब्बर यादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, १६ मंसिर । रुपन्देही जिल्लाको भैरहवामा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले “३६औं विश्व एडस दिवस” का पत्रकार संगको अन्तरक्रिया कार्यक्रम गरी विश्व एडस दिवस मनाएको छ ।
    डिसेम्बर १ का दिन विश्वभरी एड्स दिवस मनाइने भएकोले शुक्रवार मंसिर १५ गते स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा भैरहवाको स्वास्थ्य कार्यालयको सभाहलमा विश्व एडस दिवस मनाइएको हो ।
    सन् १९८८ साल देखि डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । “समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं” भन्ने मूल नाराका साथ ३२औं एड्स दिवस मनाइएको छ । “३६औं विश्व एडस दिवस” मनाउनुको मुख्य उद्देश्य एचआईभी र एड्स संक्रमणको संख्या बढनको कारण र यस सम्बन्धी मानिसहरुलाई जागरुक बनाउन र यस महामारीमा परेर मृत्यूभएका मानिसहरुको शोकका लागि मनाइन्छ ।

    शुक्रवारको दिन नेपालमा मात्र नभएर विभिन्न देशमा सरकारी तथा गैरसरकारी संघसंस्था, क्लब, एनजिओ, आइएनजिओहरुले विभिन्न किसिमका कार्यक्रम गरी विश्व एडस दिवस मनाएका छन् ।
    “३६औं विश्व एडस दिवस” कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको अध्यक्षतामा पत्रकार संगको अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ढकालले कार्यक्रमलाई संवोधन गर्दै यो दिवस हरेक वर्ष १ डिसेम्बर मनाउदै आएको बताएका थिए ।
    स्वास्थ्य कार्यालयका प्रमुख ढकालका अनुसार एड्स लाग्नुको प्रमुख कारण असुरक्षित यौन सम्पर्क, रक्त, छाला छिर्ने औजारको, सुईनशा सम्बन्धी इन्जेक्सनको प्रयोग, एड्स लागेको आमाबाट लाग्ने गर्दछ ।
    राष्ट्रिय एचआईभी र एडस कार्यक्रमका भविष्यका प्राथमिताहरुलाई २०३० सालमा एड्स महामारीलाई अन्त्य गर्ने शून्य एचआईभी र एडस संक्रमण, शून्य एचआईभी र एडस सम्बन्धी मृत्यु र शून्य एचआईभी र एडसका सम्बन्धी भेदभाव लक्ष्य राखेको बताएका थिए ।
    विश्वको तुलनामा नेपालमा एचआइभी र एड्स संक्रमणको तथ्याङ्कलाई हेर्दा घट्दो क्रममा वा ओरालो लगेको देखिन्छ ।


    स्वास्थ्य कार्यालय प्रमुख ढकालका अनुसार विभिन्न समुदायमा एचआईभी एड्स संक्रमित मानिसहरु रहेका छन् तर भेदभावका कारण सम्पर्कमा आएको देखिदैन् । ती मानिसहरु सही समयमा चेकजाँच र औषधी उपचारको लागि सम्पर्कमा नआउँदा चुनौति बढ्दै गएकोे जनाएका थिए ।
    सन् २०३० सम्मका ९५।९५।९५ गरी तिन वटा लक्ष्यहरु रहेका छन् । यसको अर्थ ९५ प्रतिशत मानिसहरुले आफनो संक्रमणको अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको एआरभी औषधी उपचारमा पहुच हुने र ती औषधी खाने मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून हुने भएको हुने र सन् २०२६ सम्म एचआईभी र एडसको आमाबाट बच्चामा हुने संक्रमणको उन्मुलन गर्ने लक्ष्य रहेको बताएका थिए ।
    समाजमा भेदभावका कारण र विभिन्न किसिमका नकारात्मक सोचका कारणले मानिसहरु चेकजाँच र उपचारका लागि सम्पर्कमा नआउँदा चुनौतिपूर्ण बन्दै गएको छ । राज्यले राखेको लक्ष्य र उद्देश्यलाई विशेष ध्यानमा राखि आफूहरु चुनौतिको सामना गर्दै एचआईभी र एडर पत्ता लगाउने, औषधी उपचार गर्ने, निराकरण गर्ने तर्फ सधैं लगिपरेको बताएका थिए ।
    त्यसै गरी रुपन्देही जिल्लामा आर्थिक वर्ष ०७९।०८० को तथ्याङ्क अनुसार एचआइभी र एड्स संक्रमितको संख्या ४५ रहेको छ । जसमा पुरुष १८, महिला २६ र अन्य १ रहेको बताएका थिए ।
    साथै एचआईभी र एड्क संक्रमणको दरलाई शून्यमा झार्नका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश सरकार निर्देशनालय लुम्बिनी प्रदेशले रुपन्देही जिल्लाको भैरहवाको भिम अस्पताल र प्रादेशिक अस्पतालबाट सेवा निःशूल्क रुपमा प्रवाह भएको बताएका उक्त कार्यालयबाट नागरिकहरुले सेवा अनुरोध समेत गरेका थिए ।
    कार्यक्रममा एचआईभी र एड्स सम्बन्धी रिसब श्रेष्ठले प्रशिक्षण गरेका थिए । जसमा विश्वमा, एसिया महादेशमा, नेपालमा एचआइभी र एड्सको अवस्थाको अवस्था बारे प्रशिक्षण गरेका थिए ।
    नेपालमा एचआईभी र एडसको अवस्थावारे प्रशिक्षण गर्दै नेपालमा सन् २०२२ को अन्त्यमा ३० हजार व्यक्तिहरुमा एचआईभी र एडस संक्रमण देखिएको अनुमान रहेको जसमा वयस्कको संख्या ०.११ प्रतिशत रहेको, नेपालमा हरेक दिन १ जना मानिसलाई एचआईभी र एडस संक्रमित हुन्छन् भन्ने अनुमान रहेको छ । सन् २०२२ मा ४४८ नयाँ एचआईभी र एडस संक्रमित भएको अनुमान छ । जुन २००० को तुलनामा घटेको जानकारी दिनुभयो । नेपालमा २०२२ सालमा ३४४ जना व्यक्तिहरुको एचआईभी र एडस संक्रमणका कारण मृत्यु भएको थियो । ० देखि १४ वर्षका ५२ बच्चाहरुमा नयाँ संक्रमण भएको र २०१० को तुलनामा ७७ प्रतिशत घट्दो रहेको बताएका थिए ।
    त्यसै गरी नेपालमा एचआईभी र एडस महामारीको स्थितिबारे र राष्ट्रिय एचआईभी र एडसको रणनितिक योजनाबारे जनाएका थिए ।
    नेपालमा आर्थिक वर्ष २०७९।०८० मा एचआईभी र एडसको परामर्श र परीक्षण कार्यक्रममा लुम्बिनी प्रदेशले २ लाख ३१ हजार १ सय १६जनाको परिक्षण गरिएको थियो जस मध्ये ६ सय २२ जनालाई संक्रमित भएको पोजिटिभ देखिएको थियो ।
    नेपालमा १५ वटा एआरटी केन्द्रहरु रहेका छन् । औषधीको पहुँच बढाउनका लागि ८५ एआरभी केन्द्र तथा ४६एआरभी डिस्पेन्सिङ् नेन्द्रहरु गरी ४१ वटा जिल्लामा अवस्थित रहेको र १३ वटा भाइरल लोड परीक्षण केन्द्रहरु रहेको बताएका थिए ।
    उक्त “३६औं विश्व एडस दिवस” पत्रकारसंग अन्तरक्रिया कार्यक्रम रुपन्देही स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले कार्यक्रम संचालन गरेका थिए भने विभिन्न पत्र–पत्रिका, रेडियो, अनलाईन मिडिया तथा टेलिभिजन लगायतका सुचना प्रविधिमा कार्यरत संचारकर्मीहरु, स्वास्थ्य कार्यालयका पदाधिकारीहरु लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.