logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    जसले पाए नयाँ जीवन ….


    २४ मंसिर २०८० , आइतबार

    जसले पाए नयाँ जीवन ….

    विनोद परियार
    लुम्बिनी, मंसिर २४ । रामग्राम १७ नवलपरासी (पश्चिम) की कोईलीदेवी हरिजन (७०) ले १७ वर्षपछि शुक्रबार फेरी आँखा देखिन । आर्थिक अवस्था कमजोर र आँखाको उपचारका लागि सामान्य ज्ञान समेत नपाउँदा उनी १७ बर्षदेखि अन्धकारको जीवन बाँचिन । तर, लुम्बिनीमा सञ्चालित निशुल्क आँखा शिविरबाट हरिजनले नयाँ जीवन पाएकी हुन् । ‘कहाँ उपचार गर्ने केही थाहा थिएन, थाई विहारले गरेको निशुल्क आँखा शिविरले मलाई नयाँ जीवन दियो’ खुशी हुँदै हरिजनले भनिन –‘आँखाको अपरेशन गरेर फेरी संसार देखाइदिने डाक्टरलाई धेरै धन्यवाद ।’


    हरिजन मात्रै होईन राजकिय थाई विहार लुम्बिनीको आयोजनामा थाईल्याण्ड र नेपालका आँखा रोग विशेषज्ञहरुको उपस्थितीमा भएको शिविरबाट रुपन्देहीको लुम्बिनी, कपिलबस्तु र रामग्रामका ३ हजार ७५५ जनाले निशुल्क उपचार र ९०९ जनाले नयाँ जीवन पाएका छन् । नयाँ जीवन पाउने मध्येका अर्का हुन रामदास भूज । लुम्बिनीकै उनले धमिलो आँखा देखेपछि शिविरमा आएर उपचार गराएपछि समस्या हटेको छ । ‘आँखा हेर्नै मिल्दैनथ्यो, अहिले उपचारपछि धेरै सहज भएको छ’ उनले भने । लुम्बिनीमा सञ्चालित ४ दिने निशुल्क आँखा शिविरबाट हजारौं सर्वसाधरणले लाभ लिएका छन् ।
    मंसिर १८ देखि २३ गतेसम्म सञ्चालन गरिएको शिविरमा चेकजाँच गराएकामध्ये ९०९ जना मोतिया विन्दुका विरामीहरुको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ ।


    विहारका प्रमुख भिक्षु सुफोतले बुद्धजन्मस्थल वरपरका मानिसहरुलाई सेवा दिने उदेश्यले १४ औं संस्करणका रुपमा निशुल्क आँखा शिविर गरिएको बताए । तिलगंगा आखाँ अस्पताल काठमाडौंका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रोईत, थाईल्याण्डका नेत्ररोग विशेषज्ञ अनुचित पोनाथ्याङ, डा. नवत वातानाची, डडा स्वात कौशाकुल, सहितको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविरको उपचारमा खटिएका हुन ।
    थाइल्याण्डका राजा भूमिबोल अदुलयादेजको स्मृतीमा निशुल्क आँखा शिविर गरिएको हो । राजकिय थाई विहार लुम्बिनी, तिलगंगा आँखा अस्पताल काठमाडौं, थाई राजदुतावास काठमाडौंको समेतको आयोजनामा बुद्धजन्मस्थलमा निशुल्क आँखा शिविर गरिएको हो ।
    बुद्धजन्मस्थल लुम्बिनीमा विगतदेखि नै तिलगंगा आखाँ अस्पतालले राजकीय थाई विहार लुम्बिनीसँग समन्वय र सहकार्य गर्दै आखाँ शिविर गर्दै आएको अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले जानकारी दिए । उनले बुद्धजन्मस्थल वरपरका सर्वसाधरणहरु स्वास्थ्य पहुँचबाट टाढा रहेकाले निशुल्क आँखा शिविर गर्ने गरिएको बताए । सर्वसाधरणमा आँखाका सम्बन्धमा हेलचेक्र्याईँ र आर्थिक अवस्था समेत कमजोर हुने भएकाले आँखा शिविर गर्ने गरिएको थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोतले बताए । विहारले बुद्ध र यससँग जोडिएका क्षेत्रका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने क्षेत्रमा सक्दो सामाजिक कार्य गर्दै आएको छ । यसअघि विहारले आधुनिक प्रविधिबाट घुँडा प्रत्यारोपण, भूकम्प प्रभवितहरुलाई सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ ।
    ४४० सय जनाको निशुल्क दन्त उपचार
    यस्तै राजकीय थाई विहार लुम्बिनीकै आयोजनामा निशुल्क दन्त शिविर पनि सञ्चालन भएको छ ।
    १८ गतेदेखि २२ गतेसम्मका लागि आयोजित दन्तशिविरमा ४४० जनाले निशुल्क उपचार गराएका छन् । यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा, थाई राजदुतावास काठमडौं र लुम्बिनी स्वर्णभूमि फाउण्डेशनसँगको सहकार्यमा दन्त शिविर गरिएको हो । निशुल्क दन्त शिविरमा दाँतको सफाई र उपचारहरु गरिएको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका डा. सुभास कुमारले जानकारी दिए ।
    थाइल्याण्डका दन्तरोग बिशेषज्ञ डा. मोन्थन नेतृत्वको ४ स्वास्थ्यर्की र मेडिकल कलेजका डा. दीपक यादव, डा. उपासना त्यागी र सुबोध कुमार सहित १० जना स्वास्थ्यकर्मीहरु दन्तशिविरमा खटिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.