logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    गाई व्यवस्थापनमा ध्यान दिऊ


    २८ मंसिर २०८० , बिहिबार

    गाई व्यवस्थापनमा ध्यान दिऊ

    गाई नेपालको राष्ट्रिय जनावर हो । यहाँका ८० प्रतिशत भन्दा धेरै जनताले गाईलाई माताको रुपमा पूजाआजा गर्ने गर्दछन् । नेपालमा विशेष तिहारको रुपमा समेत गाईतिहार मनाउने गरिन्छ । हिन्दु धर्म तथा संस्कार अनुसार गाईलाई देवमाताको रुपमा पूज्ने प्रचलन छ । अधिकांस नेपालीहरुको मनमा सम्मान रहेको गाईलाई पछिल्लो समयमा अपमान गर्ने प्रचलनले पनि व्यापकता पाएको छ । विभिन्न धर्म, समुदाय तथा संस्कार मान्दै आएको मानिसहरुले गाई प्रति विभिन्न वितृष्णा भाव व्यक्त गर्ने गरेका छन् । त्यो गलत प्रवृत्ती हो । नेपालको संविधान २०७२ ले धर्म निरपेक्षता देशको रुपमा नेपाललाई परिभाषित गरेको छ । यहाँ सबै धर्म तथा समुदायको समानताको व्यवस्था भएपनि समाजमा विभाजनको मनसाय भएका मानिसहरुले धार्मिक तथा सांस्कृतिक र जातिय भेदभाव गर्ने प्रचलन रोक्नु पर्दछ । एक आपसमा सबै धर्म, संप्रदाय तथा जातजातीमा सम्मानको व्यवस्था हुनुपर्दछ । नेपालमा पछिल्लो जातजाती तथा धर्मसंस्कार प्रतिको सम्मानको विकासको परिकल्पना पनि यही हो । यसैले गर्दा लुम्बिनीक्षेत्रमा रहेका गाईहरुको व्यवस्थापन नहुदा स्थानीयवासी तथा गाईलाई माताकोरुपमा पूजागर्ने समूदायहरुले विरोध गरेका छन् । लुम्बिनी विकास कोषको हाता भित्र थुनिएका गाईहरुलाई उचितरुपमा खाना र पानीको व्यवस्था नहुँदा विरोध सुरु भएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषको सहकार्यमा तारवार गरेर व्यवस्थापन गर्ने जिम्मेवारी भएपनि तारवार भित्र रहेका गाईहरुको धमाधम मर्न थालेपछि समस्या बाहिर आएको हो । तारबार गरेर राखिएका झन्डै २ सय गाईगरुहरुमा दुई महिनाको अवधीमा ४५ वटा भन्दा धेरैको मृत्यु भएपछि स्थानीयवासी तथा समुदायहरुले विरोध गरेका छन् । यहाँको व्यवस्थापनमा देखिएको कमजोरी तथा खुल्ला आकाश मुनी राखिएका गाईहरुको मृत्यु हुनु दुर्भाग्य भएको भन्दै स्थानीय सरकारले ध्यान दिन जरुरी छ । तारवार गरेर आफ्नो जिम्मामा राखिएका गाईगरु दैनिक मर्नुको कारण खोज्नुपर्ने र खानापानी र औषधी उपचारमा ध्यान दिनुपर्ने सबको माग छ । यस प्रति लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले ध्यान दिएको देखिदैन । यसप्रति ध्यान दिन जरुरी छ । पछिल्लो समय नेपालमा छाडा चौपायाँको व्यवस्थापनमा जटिल समस्या सृृजना भएको छ । यहाँका प्रत्येक स्थानीय तह तथा सहरमा छाडा चौपायाँको विगविगिले गर्दा व्यवस्थापनमा चुनौती थपिएको देखिन्छ । यसको दीर्घकालिन योजना तथा कार्यक्रमहरु पनि देखिदैनन् । यसले गर्दा वार्षिकरुपमा चुनौतिहरु थपिएका छन् । यसको व्यवस्थापनका लागि पनि अबका नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गर्न जरुरी देखिन्छ । गाईमाताको रुपमा सम्मान गरेका जनावरलाई अपमानजनक व्यवस्थापन गर्नु गलत भएकाले सम्मानजनक व्यवस्थापनको जरुरी छ । यसका लागि छाडा चौपाया व्यवस्थापन सेन्टरहरुको स्थापना गर्नु पर्दछ । यसका लागि सबै स्थानीय तह तथा प्रदेश र संघीय सरकारले ध्यान दिनु पर्दछ । नेपालका विभिन्न वस्ती तथा मानव समुदायमा देखिएका जनावार संगको विभाजन दुरीलाई समदुरीमा राख्नका लागि गौसाला तथा व्यवस्थापन सेन्टरको आवश्यक देखिन्छ । प्राणीको बाच्न पाउने अधिकारलाई सुश्चित गर्नका लागि मानवजातीले उनीहरुको संरक्षण तथा सम्बर्धन गर्नु पर्दछ । आफ्नो आवश्यकताका लागि चौपायाँ पाल्ने आवश्यकता पुरा भएपछि सडकमा छोडिदिने परिपाटीको पनि अन्त्य हुनु जरुरी छ । यसरी आफ्ना घरपालुवा जनावर सडकमा छोड्ने मानिसका लागि पनि कानुनी कारबाहीको खाचो देखिन्छ । नेपालमा प्राणीको संरक्षण तथा गाईमाताको व्यवस्थापन गर्नका लागि दीर्घकालिन योजना निर्माण गरि काम गर्न जरुरी छ । लुम्बिनीमा थुनिएका गाईहरुको पनि यसरी व्यवस्थापन गर्न आग्रह गर्नछौ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.