logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भोजन, मस्तिष्क र ए.आई. प्रविधि


    ९ माघ २०८० , मंगलबार

    भोजन, मस्तिष्क र ए.आई. प्रविधि

    शरीरलाई जीवन्त राख्न खान हुने चिजहरु भोजन हो । मानिसले दैनिक रुपमा तीन प्रकारका खानाहरु खानु आवश्यक छ । शरीरलाई शक्ति दिने (अन्न ) शरीरलाई वृद्धि गर्ने (दलहन ÷ पशुपंक्षी श्रोत ) र शरीरलाई सुरक्षा गर्ने (तरकारी÷ फलफुल ) खानाहरु हामी बसेको वरिपरी उपलब्ध छन् । जुन हामी भात , दाल र तरकारी दैनिक खाइ नै रहेका छौ ं। यी तीनै प्रकारका खाना शरीरलाई काम गर्ने आधारमा विश्व स्वास्थ्य संगठनले बर्गीकरण गरेको छ । यो खाना ६ महिना उमेर देखि बुढेसकालसम्म आवश्यक पर्दछ । मात्रा र पटक भने उमेर अनुसार फरक फरक हुन्छ ।
    आमाको गर्भबाट बच्चा बाहिर निस्के पछि ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्छ । पानी समेत दिनु हुदैन , पानी आमाको दुधबाटै पुरा हुन्छ । ६ महिना देखि २४ महिनासम्म आमा र बुबाले माथि भनिएको तीन प्रकारमा कार्य गर्ने खानाहरु खुवाउन सक्ने क्षमता राख्नु जरुरी छ । किनकि यो उमेरमा नै जीवन भरीमा विकास हुने मध्ये ८० % दिमागको विकास भइ सक्छ ।
    बच्चालाई ६ महिनादेखि ९ महिनासम्म माथि भनिएको खानालाई मिचेर लेदो हुने गरि १२५ मि.लि. ( २५ चम्चा ) दिनको ३ पटक खान दिनु पर्छ । ९ महिना देखि १२ महिनासम्म २५० मि.लि.(५० चम्चा ) दिनको ३ पटक र थप १ पटक खाजाको रुपमा खान दिनु पर्छ । त्यस्तै गरी १२ महिनादेखि २४ महिनासम्म दिनको ३ पटक २५० मि.लि.(५० चम्चा ) र थप २ पटक खाजाको रुपमा खान दिनु पर्दछ । साथै स्तनपान पनि निरन्तर जारी नै राख्नु पर्दछ । यसरी गरिएको स्याहारले बच्चाको मस्तिष्कको विकास अभिभावकले चाहे जस्तो राम्रो हुन्छ ।
    मानिसको मस्तिष्कमा ग्रे मेटर र ह्वाइट मेटर हुन्छ ह्वाइट मेटरको माथि माथि ग्रे मेटरको तह हुन्छ । ग्रे मेटरको यो तह जति जति बाक्लो हुन्छ त्यति त्यति बच्चाको बौद्धिक तथा मानसिक क्षमताको विकास राम्रो हुन्छ । अर्थात् अघि भनिए झैँ स्तनपान र पुरक खाना खुवाइएमा ८० % विकास भइ सक्छ ।
    मानिसको दिमागलाई दुइ भागमा विभाजन गर्दा दायाँ र बायाँ हुन्छ दायाँ भागले भावानात्मक,संवेगात्मक निर्णयहरु गर्दछ भने बायाँ भागले तर्क वितर्क निर्णयहरु गर्दछ । बायाँ भागले ९५ % भूमिका ओगटेको हुन्छ । दायाँ भागले ५ % भूमिका ओगटेको हुन्छ । यीनै भूमिकाहरू बच्चाको जीवनको बौद्धिक तथा मानसिक क्षमताको विकास हो ।
    बच्चा जन्मेदेखि २ वर्षसम्मको उमेरलाई न्यमिभल बनभ भनिन्छ । यो भन्नुको मुख्य कारण माथिका भनिएका कुराहरुले गर्दा नै हो ।
    बच्चाको २ वर्षदेखि ५ वर्षसम्म १० % बौद्धिक विकास हुन्छ भने ५ वर्षदेखि जीवन अबधिसम्म १० % बौद्धिक विकास हुन्छ ।
    मानिसको मस्तिष्कको विकासका कारण आजसम्मको आधुनिक युग सरल र सहज छ । जल , वायु , पृथ्वी , अग्नी र आकाश भनेर पाँच धातु मानेर जगतको सृजना भएकोमा चार्वाक दर्शन बाहेक धेरै जसो पूर्वीय दर्शनको मत एकै देखिन्छ िचार्वाकले सिद्धान्तले भने जल ,वायु , पृथ्वी र अग्नी मात्र मान्दछ । यो सिद्धान्तले प्रत्यक्ष प्रमाणलाई मात्र मान्दछ । अरु दर्शनले मानिसको मस्तिष्कमा वा मानिसमा एउटा चेतन तत्व हुन्छ भन्ने मान्दछ । चार्वाक दर्शनले चेतन निर्जीव बस्तुबाट पनि उत्पन्न हुने चीज हो भनेर चुनौती दिन्छ ।
    जुन दर्शनले जे भने पनि मानिसको सोच्न सक्ने क्षमता शक्ति मानिसमा भएको इन्द्रियहरुको अभिव्यक्त गर्ने क्षमता शक्तिमा निर्भर छ भन्ने लाग्छ । मस्तिष्कको क्षमता अथाह भए पनि इन्द्रीयहरू सिमित क्षमतामा रहेका छन् । कालो सडकमा घाम लागेको बेला टाढासम्म देख्दा पानी जस्तो देखिनु भनेको भ्रम मात्र हो । नजिक जादाँ पानी नदेखिनु आखाँले धोखा खाएको हो जुन त्यहाँ सम्मको आखाँको पुग्ने वास्तविक क्षमता भएन । त्यस्तै मानिस नाकले सुँघ्ने कार्य गर्दछ । सुगन्ध र दुर्गन्ध मात्र थाहा पाउने क्षमता राख्दछ । धेरै प्रकारका गन्धहरु भनेको सुगन्ध भित्र कुन कुन तहका गन्धहरु हुन्छन् तीनै गन्धहरु मात्र हाम्रो नाकले थाहा पाउने क्षमता राख्दछ । त्यस्तै दुर्गन्धका पनि अनेकौं तहहरु थाहा पाउने क्षमता मात्र हाम्रो नाक नामको इन्द्रियले राख्न सक्दछ । त्यो भन्दा अझ बढी सुक्ष्म गन्धहरु पृथ्वीमा होलान् जुन हाम्रो नाक त्यहाँसम्मको थाहा पाउने क्षमतामा छैन । त्यहाँसम्मको सुक्ष्म गन्ध थाहा पाउन कुकुर भन्ने जीवलाई प्रयोग गरिन्छ । किनकी मानिसको नाकको क्षमता भन्दा कुकुरको नाकको अभिव्यक्त गर्ने क्षमता बढी हुन्छ ।
    प्रकृतिले कुनै जीवमा इन्द्रियको क्षमता बढी कुनैमा कम दिएको छ । अरु प्राणी भन्दा मानिसमा सोच्ने र अनुभव गर्ने क्षमता बढी दिएको छ । त्यसैले हामीले हाम्रो मस्तिष्कलाई उमेर र खानाको आधारमा क्षमतावान बनाउनु आवश्यक देखिन्छ । मानिसको मस्तिष्कलाई सोच्नका लागि प्रविधिको प्रयोग आउने सम्भावना पनि सुनिएको छ ।Articials Intellingence (A.I.) प्रविधिमा लागि परेका वैज्ञानिक तथा विज्ञहरुले अबको २५ वर्षमा अर्थात् सन् २०५० सम्ममा ब्.क्ष्. प्रविधिले मानिसको सोचाइमा सहयोग गर्ने भन्ने सम्मका कुरा छ । (A.I.) प्रविधि निर्जीव चिज हो । यसले सोच्न सक्ने चेतनाको काम गर्ने भएको छ । चार्वाक सिद्धान्तमा निर्जीव बस्तुबाट चेतनाको विकास गर्ने जमर्को रहेको देखिन्छ । यो प्रविधिले मानिसलाई सोच्न कै लागि समेत परनिर्भर बनाउने देखिन्छ । हुन त विकासको दृष्टिले राम्रो हो । स्वास्थ्यको क्षेत्रमा कुरा गर्दा हामीमा रोग लाग्ने सम्भावनाको कुन तहमा पुगिएको छ भन्ने सम्मको संकेत गर्न सक्छ भन्ने कुराहरु छन् । यदि क्ष्लनगबिच अयmउगतभच कथकतझ भयो भने मानवीय कार्यहरु घटेर जान सक्छ र बेरोजगार समस्या पनि बढ्न सक्छ कि भन्ने आशंका गर्न सकिन्छ ।
    जुन जुन जे जे प्रविधि आए पनि हामीले हाम्रो दिमागलाई बेलै देखि विकास गर्नुपर्छ । बेला भनेको जन्मे देखि २ वर्षसम्म मात्र हो । हाम्रो मस्तिष्कमा धेरै टाढासम्म सोच्ने र निर्णयहरु गर्ने चेतना रहेको छ िभनिएको छ; संसारका हरेक व्यक्तिमा बुद्ध बन्ने क्षमता हुन्छ । कोहि पनि क्षमता बिनाका छैनन् । मात्र समयमा विचार पुर्याउनु पर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.