शशि पन्थी
भैरहवा, ११ माघ । भन्सारमा व्यापार सहजीकरणका लागि सबै तर्फबाट सहयोग आबश्यक रहेको सरोकारवालाले बताएका छन् ।
भैरहवा भन्सार कार्यालयमा सेवा ग्राहीले सर्बरको समस्या, लाइन लाग्नु पर्ने समस्या समाधान गरि भैरहवा भन्सार नेपालकै नमुना भन्सार कार्यालय बनाउन आग्रह गरे ।७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अबसरमा व्यापार सहजिकरण सम्बन्धि छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले स्थल मार्ग हुँदै नेपालमै धेरै पर्यटक भित्रिने नाकालाई ब्यबस्थीत र पर्यटक मैत्री बनाउनु पर्ने तर्क गरे ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले उद्योग बन्द भइरहेकाले कच्चापदार्थ आयात नहुंदा भन्सार कार्यलयले लक्ष्य भेट्न नसकेको बताए । ३०र३५ लाख भन्दा बढी युवा पलायन भएको तर्क गर्दै अब बाहिरी पर्यटकलाई चलायमान बनाउन सके समृद्धि हुने उनको भनाइ थियो । पर्यटकलाई जहाँ तहिं चेक जांच गर्दा हैरानी भएको बताउंदै एकद्वार प्रणालीबाट चेक जाँच गरि भन्सारमै स्टिकर लगाइदिन आग्रह गरे ।
च्याम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बेलहिया सीमा नाका सामान मात्रै नभएर पर्यटक समेत आउने नाका भएको बताउंदै पर्यटकलाई सकारात्मक प्रभाव पार्नु पर्ने सुझाव दिए । अबैध सामानलाई सवैले निरुत्साहित गर्नुपर्ने उनको तर्क थियो ।
भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले भन्सार कार्यालयमा सर्भर डाउनको समस्याले १ जना महिला धुरु धुरु रोएको, अझ लामो समयसम्म सेवा ग्राहीले कुर्दा अपमान गरे जस्तै भएकाले यो समस्या सुधार गर्न आग्रह गरे ।
बुटवल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष सुरज भट्टराईले अबैधरुपमा क्यारीङ गरेर सामान जाने गरेको सुनेको बताउंदै कडालाई गर्न आग्रह गरे । भन्सार नगरी ल्याएका सामानको बचाउ हामी कहिल्यै लाग्ने छैनौं भट्टराईले भने ।
सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष बिष्णु शर्माले १ सय ४० करोड भित्र्याउन कसरी सकिन्छ भनेर सबै लाग्नु पर्ने बताए । भन्सारमा लाइन नलागी क्यु आरबाट नै राजस्व तिर्ने ब्यबस्था गर्ने ब्यबस्था मिलाउन उनले सुझाब दिएका थिए ।नेपाल भन्सार एजेन्ट संघका पुर्ब केन्द्रिय अध्यक्ष डाक्टर शान्त कुमार शर्माले राजस्व बढाउन भैरहवा भन्सार कार्यालयको ध्यान जानू पर्ने सुझाव दिए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले देशले आयात भन्दा बढी निर्यात गर्नुपर्ने बताए । भन्सार सहजीकरणमा भैरहवा भन्सार कार्यालयको काम उत्कृष्ट भएको बताए । पर्यटक आउने मुख्य नाका भएकाले सडक सुधार गर्नुपर्ने उनको सुझाव थियो ।
लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले कसैलेपनि कसैलाई दोस दिएर उम्किन नमिल्ने बताए । सडकका कारण समस्या भएको बताउंदै उनले ठकेदारले बदनाम गराइदिएको तर्क गरे । भैरहवा भन्सार कार्यालयका कम्युटर अधिकृत नारायण प्रसाद भण्डारीले भन्सार सहजीकरणका बिसयमा बोलेका थिए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले प्रभाकारी सेवाका लागी लागिरहेको बताए । भन्सारले गरेको प्रगतिको बारेमा बताउंदै भन्सारमा भएका समस्यालाई समाधान गर्न लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अब अनुगमनमा जाने बताए । परिस्थितिबस छापा मार्नु परे जाने तर ब्याबसायीले त्यहाँ जानू भएन भनेर आग्रह नआओस उनले भने ।नीति नियम बनाउन नसक्ने तर भएका नीति नियमलाई कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ थियो ।
सडकको विषयमा ठेकेदारलाई मात्रै दोस दिन नमिल्ने बताउंदै अर्यालले कन्ट्याटरलाई घांटि समात्नु परेपनी समात्ने बताए । कहाँ सम्म प्रबेश गर्ने हो त्यो कन्ट्याटरलाई नियमनसम्म ल्याउने काम हाम्रो भयो अर्यालले भने ।
कार्यक्रममा ब्याबसायीहरुले भन्सार सहजीकरणका लागि सुझाव दिएका थिए ।