logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अञ्चलपुर गुरुङ्ग समाजको ११ औं अधिवेशन


    ३० फाल्गुन २०८० , बुधबार

    अञ्चलपुर गुरुङ्ग समाजको ११ औं अधिवेशन

    विषन गरुङ् । लुम्बिनीखबर
    भैरहवा, ३० फागुन । तमु ह्युल छोँज धीं गुरुङ्ग राष्ट्रिय परिषद् इकाइ समिति अञ्चलपुरकोे ३२औं साधारणसभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ ।
    कार्यक्रम बुधवार एक कार्यक्रमको आयोजना गरि गुरुङ्ग राष्ट्रिय परिसद्का सदस्य सावित्री गुरुङ्ग को प्रमुख अतिथ्यतामा संचालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी गुरुङ्गले हामी आफ्नो पहिचना, भेषभुषा, संस्कृतिलाई जोगाउनु पर्छ । आउने दिनमा हाम्रा पुस्ताहरुमा पनि स्थानान्तरण गर्न र पहिचान कायम राख्न जरुरी रहेकको बताउनुभयो । आफनो आफनो धर्म, संस्कृति, भेषभुषा पिढीहरुलाई सिकाउनु र बुझाउनु पनि अति आवश्यक रहेकको बताउनुभयो ।
    प्रमख अतिथि गुरुङ्का अनुसार– समाजका अगुवाई गर्नेहरुले आफ्नो कतिपय कामहरु पन्छाएर आफ्नो अमूल्य समय समाजमा सामाजिक कार्यका लागि दिएका हुन्छन् । त्यो ठूलो काम हो । त्यसैले आफूहरु त्यस्ता व्यक्तिहरुलाई कदर गर्नु पर्छ भन्दै सम्पूर्ण नवनिर्वाचित समूहलाई बधाईका साथै सफल कार्यकालको शुभकामना समेत दिनुभयो । 


    कार्यक्रममा सभाका अध्यक्ष कमान सिंह गुरुङ्गले वि.स २०४८ साल फागुन १ गते तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् स्थापना भएको संस्थाको संस्थापक अध्यक्षमा प्रहरी निरीक्षक मेख बहादुर गुरुङ्ग, महासचिव स्व.क्या. चित्र बहादुर गुरुङ्ग, कोषाध्यक्ष प्रहरी निरीक्षक मिमान सिंह गुरुङ्गको अगुवाईमा तमु सेवा समिति अञ्चलपुर स्थापना भएको अवगत गराउनुभयो । उक्त संस्था अहिले तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् इकाई समिति भएको र त्यसै समाजका आमा समूह र त्यस समाजका मेरुदण्ड हुन पुगेको बताउनुभयो । सभाअध्यक्ष गुरुङ्ले आमा समूहको साथ र सहयोगले हामी र हाम्रो समाज अघी बढेको छ । यहाँहरुको साथ र सहयोग सधैंभरी यसै गरी पाउँछौ भन्ने विश्वास जनाउनुभयो ।


    कार्यक्रममा विशिष्ठ अतिथी नगर अध्यक्ष देवी गुरुङ्ग, खड्क बहादुर गुरुङ्ग, शान्ति बुद्ध गुम्बाका अध्यक्ष मोहन सिंह गुरुङ्ग, मनकाजी गुरुङ्ग, मेख बहादुर गुरुङ्ग, खेम बहादुर गुरुङ्ग, आमा समूहका अध्यक्ष शान्ति गुरुङ्ग तथा युवा समूहका अध्यक्ष मोम प्रसाद गुरुङ्गको उपस्थितिमा तिन समूहका नयाँ कार्यसमितिको गठन भएको थियो । जसमा मुल समुहमा अध्यक्ष कमानसिँह गुरुङ्ग, उपाध्यक्ष सुकमाया गुरुङ्ग, सचिव प्रेम ल्होँ गुरुङ्ग, स–सचिव धनेश चन्द्र गुरुङ्ग, कोषाध्यक्ष देव बहादुर गुरुङ्ग स–कोषाध्यक्ष धन बहादुर गुरुङ्ग, सदस्य बिमला गुरुङ , पुजा गुरुङ, पदम बहादुर गुरुङ, टेकबहादुर गुरुङ ( ठागु ), खुमकाजी गुरुङ , काजी गुरुङ , प्रेमबहादुर च्हम्रु गुरुङ, अमित गुरुङ, कान्छा गुरुङ नवनिर्वाचित भएका थिए भने आमा समूहमा अध्यक्ष शान्ति गुरुङ्ग, उपाध्यक्ष धन कुमारी गुरुङ्ग, सचिव हिरामति गुरुङ्ग, स–सचिव श्री बिष्णु गुरुङ्ग, कोषाध्यक्ष सोनी गुरुङ्ग, स–कोषाध्यक्ष माया गुरुङ्ग, सदस्य सुमाया गुरुङ्ग, मोतीमाया गुरुङ्ग, राजकुमारी गुरुङ्ग, कल्पना गुरुङ्ग, निरु गुरुङ्ग, पुष्पा गुरुङ्ग, गंगा गुरुङ्ग, बसन्ती गुरुङ्ग, मनमाया गुरुङ्ग, माया राना, अनिता गुरुङ्ग नवनिर्वाचित भएका थिए । युवा समूहमा अध्यक्ष मोम प्रसाद गुरुङ्ग, उपाध्यक्ष बबिता गुरुङ्ग, सचिव ज्योति गुरुङ्ग, स–सचिव बिना गुरुङ्ग, कोषाध्यक्ष सीता गुरुङ्ग स–कोषाध्यक्ष बालकुमारी गुरुङ्ग, रश्मि गुरुङ्ग, रमन गुरुङ्ग, अजय गुरुङ्ग, शंकर गुरुङ्ग, सुमन गुरुङ्ग, रितु गुरुङ्ग, अनु गुरुङ्ग नवनिर्वाचित भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.