logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    आईसीपीसम्म रेलसेवा विस्तार गर्न उद्योग वाणिज्य संघको अनुरोध


    ८ चैत्र २०८० , बिहिबार

    आईसीपीसम्म रेलसेवा विस्तार गर्न उद्योग वाणिज्य संघको अनुरोध

    लुम्बिनीखबर

    भैरहवा, ८ चैत रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघको टोलीले भारतको केन्द्रीय सरकारका वित्त राज्यमन्त्री पंकज चौधरीसँग भेटघाट गरि ब्यापार सहजीकरण लगायतका विषयमा छलफल गरेको छ । सोमबार भैरहवामा आएका वित्त राज्यमन्त्री चौधरीसँग संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ नेतृत्वको टोलीले छलफल गरेको हो । उक्त अवसरमा संघले नेपाल–भारत सीमानाका बेलहियामा बनिरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म रेल–वे कनेक्सन विस्तारका लागि आग्रह गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार नजिकै नौतनवासम्म रेलसेवा सुचारु रहेकाले आईसीपीसम्मै विस्तार गरि दुई देशको ब्यापारमा सहजीकरण गर्न मन्त्री चौधरीसँग आग्रह गरिएको हो । यस्तै,भारत सरकारले लगाएको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईसी) हटाउन पनि मन्त्री चौधरीसँग अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले जनाए । उनका अनुसार नेपालमा उत्पादित सामान भारत निकासी गर्दा बीआईसी प्रमाणित चिन्ह लिनुपर्छ । यसले नेपाली उत्पादन निकासीमा असर पुर्याउने भन्दै उक्त व्यवस्था कार्यान्वयन नगर्न संघले आग्रह गरेको हो ।
    संघका महासचिव कृष्णप्रसाद घिमिरेले भारतले खाद्यान्न निकासीमा लगाएको अतिरिक्त कर हटाउन पनि आग्रह गरिएको जानकारी दिए । यसले नेपालमा खाद्यान्नको मूल्य वृद्धि हुने भन्दै कर हटाउन अनुरोध गरेको घिमिरेले बताए । खुल्ला सीमाका कारण लागूऔषधको ओसारपसार र कारोबार बढेको भन्दै संघले भारततर्फ विशेष कडाई गर्न अनुरोध समेत गरेको छ ।
    संघले भारतीय एयरलाइन्स मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरि सहयोग गर्न पनि अनुरोध गरेको छ । भैरहवाबाट भारतका विभिन्न सहरमा नियिमित उडान गरे यात्रुको अभाव नहुने संघले बताएको छ ।
    मन्त्री चौधरीले आईसीपीसम्म रेलसेवा विस्तारको काम छिट्टै हुने जनाए । यश विषयमा आफू पहिलेदेखि नै सकारात्मक रहेको जनाउँदै आफ्नो तर्फबाट सबै किसिमका पहल हुने आश्वासन दिए । यस्तै उनले भारतमा क्राइसिस भएका कारण खाद्यान्न निकासीमा कर वृद्धि गर्नु परेको उल्लेख गर्दै चाँडै नै यसबारे सकारात्मक निर्णय हुने जनाए । उनले संघले उठाएका सबै माग बारे आफू सकारात्मक रहेको भन्दै समाधानका लागि आवश्यक पहल गर्ने बताए ।
    भेटघाट तथा छलफलमा संघका अध्यक्ष श्रेष्ठसहति निवर्तमान अध्यक्ष भीष्मप्रसाद न्यौपाने, उपाध्यक्षद्वय गोविन्दप्रसाद ज्ञवाली र रोहितकुमार अग्रवाल, महासचिव घिमिरे, सदस्य विकास गोयन्का, उद्योगपति राम थापा लगायत सहभागी थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.