logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ई.प्र.का मर्चवारले चोरीपैठारीका समानहरु धमाधम बरामद गर्दै


    ११ चैत्र २०८० , आइतबार

    ई.प्र.का मर्चवारले चोरीपैठारीका समानहरु धमाधम बरामद गर्दै

    असलम खाँन । लुम्बिनीखबर

    मर्चवार, ११ चैत । रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारले विभिन्न ठाउँबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको समान समातेको जनाएको छ ।

    इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मर्चवारको विभिन्न ठाउँबाट चामल ९ बोरा, भारत डि.ए.पी. ३ बोरा, युरिया मल ६ बोरा, धान ३ बोरा, पियाज १ बोरा, ब्रान ७ बोरा, कपडा साडी १० थान, सर्ट र कुर्ता कपडा ३७ थान, पेय पदार्थ कोकाकोला, ३६ बोतल, र चुरोट १५०० डब्बा बरामद गरेको हो ।

    भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी २ लाख ५० हजार बराबर मुल्य भएको अबैध समान आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको इलाका प्रहरी कार्यालय का प्रहरी निरिक्षक रेशम प्रसाद अचार्यले जानकारी दिनु भएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.