logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ड्रिम युनिक रूपन्देही सुपरलिगः प्रोफेसनलमाथि सैनामैनाको जित


    १३ चैत्र २०८० , मंगलबार

    ड्रिम युनिक रूपन्देही सुपरलिगः प्रोफेसनलमाथि सैनामैनाको जित

    भैरहवा, चैत १३ । सैनामैना क्रिकेट क्लब भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’ खेलमा विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई ५ विकेटले पराजित गर्दै विजयी भएको हो ।
    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ५० ओभरमा ४६ ओभर ४ बल खेल्दै १ सय ८७ रनमा अलआउट भयो । उसका लागि सफदर खाँनले ४४, आदित्य त्रिपाठीले ३६, मोहम्मद हुसेनले २९, मिथलेश यादवले २४, अमन यादवले १५ र इमरान खाँनले ११ रन बटुले । बलिङमा सैनामैनाका गोपाल शर्मा र सुनिल पौडेलले समान ३–३ तथा गणेश गौतमले २ र प्रदीप सुवेदीले १ विकेट हात पारे ।
    जवाफी ब्याटिङ गरेको सैनामैनाले ३७ ओभर २ बलमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा सुजन क्षेत्रीले ६४ रनको अर्धशतीक इनिङ खेले । उनले १० चौका र १ छक्का हिर्काए । यस्तै, सुनिल पौडेलले अविजित ३०, गाणेश घिमिरेले २७, प्रदीप सुवेदीले २१, निशान क्षेत्रीले १५ र मनिष क्षेत्री १२ रनको योगदान दिए । बलिङमा प्रोफेसनल मास्टर्सका तुसार चौहानले ३ तथा मोहम्मद हुसेनले २ विकेट लिए । खेलमा सैनामैनाका सुनिल पौडेल म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ हात पारे ।
    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.