logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    थारु कल्याणकारिणी सभा सियारीद्वारा सम्मान


    २० चैत्र २०८० , मंगलबार

    थारु कल्याणकारिणी सभा सियारीद्वारा सम्मान

    सियारी, चैत २० । थारु कल्याणकारिणी सभा सियारीले आउँदै गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदनप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    थकस सियारी कार्यसमितिद्वारा आयोजित कार्यक्रममा सियारी भित्रका थारु समुदायबाट शिक्षा सेवा आयोगबाट सियारी–३, हर्नैयाका महेन्द्र चौधरी, सियारी–३, सितापुरका भिम बहादुर थारु, त्यसै गरी सियारी–२, च्याङ्गठाका राधिका थारु र नेपाली सेनामा नाम निकाल्न सफल सियारी–२ गणसारी का अरुन चौधरीलाई सम्मान गरेको छ ।

    कार्यक्रममा थारु जनकवि बम बहादुर थारुले थारु समुदाय को भाषा, साहित्य र कला के हो ? यसलाई जगेर्ना कसरी गर्नुपर्छ भन्ने प्रष्ट पार्दै थारु भाषा को पुस्तक सम्पूर्ण थारु समुदायले अनिवार्यरुपमा अध्ययन गर्नु पर्ने मा जोड दिनु भएको थियो । यसैगरी थाकसका वरिष्ठ सल्लाहकार शिव पुजन थारुले हरेक जिल्लामा थारु बाहुल्यता भएको ठाउँमा जसरी थारु भाषाको पठनपाठन भइरहेको छ, त्यसरी रुपन्देही जिल्लाको बिद्यालयमा पनि पठनपाठन हुनु पर्दछ भन्ने आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि थाकसका केन्द्रीय पार्सद अयोध्या थारुले थारु भाषा, संस्कृति संरक्षण र सम्वद्र्धन गर्नका निम्ति हरेक स्थानीय तहले थारु झुमरा नाँच तालिम, मनरा बजाउने तालिम , मयुर नाँच जस्ता तालिमका लागि बजेट बिनियोजन गर्नु अनुरोध गर्नु भयो । केही स्थानीय तहले धेरैथोरै बजेट बिनियोजित गरे पनि उक्त बजेटबाट केही रकम कटौती गरी आफ्नो शिर उच्च गर्न अरु स्थानीयतहलाई र अन्य जातीका समुदायलाई दिने गरिएको पाइएको गुनासो व्यक्त गर्नु भएको थियो । यहाँ विधिको शासन हैन व्यक्तिको शासन चलेको कार्यक्रममा बताउनु भएको थियो ।

    कार्यक्रमका सभाध्यक्ष खेम बहादुर थारुले अगामी दिनहरुमा थारु समुदायका गरिब, जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति, महिलाहरु का लागि आयमूलक एवं सिपमूलक तालिम जस्ता कार्यक्रम ल्याउने प्रतिबद्धतासहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन थाकस सियारीका सचिव राजन चौधरीले गर्नु भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.