- असलम खान । लुम्बिनीखबर
मर्चवार, २१ चैत । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ ले वडामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम गरेको छ ।
प्रोत्साहन तथा सम्मान कार्यक्रममा असुरैना स्वास्थ्य चोकीको आयोजना तथा सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ वडा कार्यालयको सहयोगमा कार्यक्रम आयोजित गरिएको हो । कार्यक्रममा स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाई पुरस्कारसहित प्रोत्साहन र प्रशंसापत्रसमेत वितरण गरी कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रमका अध्यक्ष वडा नम्बर ६ का वडा अध्यक्ष तौलन केवटको अध्यक्षता, प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझी, अतिथि वडा सचिव मेघु धवल, इन्द्रेणी ग्रामीण विकास केन्द्रका फिल्ड सुपरवाइजर अलाउद्दीन खाँन, सेतो गुराँस बालविकास सेवा रुपन्देहीका शेषनाथ यादव, जग्गा दाता सत्यनारायण केवट, महिला स्वयंसेविका तथा आमजनसमुदायको सहभागीतामा र असुरैना स्वास्थ्य चौकीका इन्चार्ज सुखनन्दन पाल कार्यक्रम संचालन गर्नु भएको थियोे भने स्वागत मन्तव्य असुरैना स्वास्थ्य चौकीका अनमी सुमित्रा थापाले राख्नु भएको थियो ।