logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ड्रिम युनिक रूपन्देही सुपरलिगः सैनामैना क्रिकेट क्लब विजयी


    २२ चैत्र २०८० , बिहिबार

    ड्रिम युनिक रूपन्देही सुपरलिगः सैनामैना क्रिकेट क्लब विजयी

    भैरहवा, २२ चैत । भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । बुधबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा सैनामैनाले बुटवल–११ लाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ।

    सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको सामान्य योगफल बनायो । उसका लागि प्रमिश अर्यालले २८, मनिष न्यौपाने र विभेष खातीले १८–१८ तथा विवेक शर्माले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा सैनामैनाका गोपाल पौडेलले ४, सुनिल सुनिल पौडेल र दिलसाद अलीले २–२ तथा गणेश गौतम र प्रदीप सुवेदीले समान १–१ विकेट लिए

    जवाफी ब्याटिङ गरेको सैनामैना ३२ ओभर २ बलमा ६ विकेटको नोक्सानीमा १ सय ३९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विक्रम गौतमले अविजित ४८, सुनिल पौडेलले नटआउट २५, दिलसाद अलीले २२ तथा सुजन क्षेत्रीले १० रनको योगदान दिए । बलिङमा बुटवल–११ का तौसिफ आलमले ४, एजाज अहम्मद र मञ्जिल भण्डारीले समान १–१ विकेट लिए । खेलमा सैनामैनाका गोपाल पौडेल म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.