logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    आगलागीबाट पीडितलाई सहयोगको अपिल


    १४ बैशाख २०८१ , शुक्रबार

    आगलागीबाट पीडितलाई सहयोगको अपिल

    रुविना थापा । लुम्बिनीखबर
    भैरहवा, १४ वैशाख । रोहिणी गाउँपालिकामा हावा हुरीका कारण आगलागी हुँदा ५ घरधुरी जलेर खरानी भएका छन् ।
    यो प्रकृति प्रकोपबाट क्षति व्यहोरिएका विपन्न परिवारलाई गास, बास, कपासको अभाव रहेको छ । आगलागीका कारण उनीहरुका बासस्थान जल्नुको साथै प्रयोग गर्ने भाडाकुडा, बिस्तारा खाद्यन्नहरु सबै जलेर नष्ट भएको रोहिणी गाउँपालिकाले जानकारी दिएको छ । रातिमा सुत्नको लागि समेत झुल नहुँदा लामखुट्टेको टोकाइबाट पिडित परिवारलाई समस्या हुने गरेको समाजसेवीहरुले बताएका छन् । यो गर्मीको महिनामा नबस्ने ओत छन् न कुनै खाद्यन्न छ ।
    समाजसेवी तथा लायन्स क्लबका अफिसर तनु शर्मा कशौधनले भन्नुभयो,‘खुल्ला आकाश मुनि जीवनको दुखद क्षणमा रहेको परिवारलाई सबैले सहयोग गर्न जरुरी रहेको देखिन्छ ।’
    यसका लागि लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लिमले आगलागी भएको प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई सहयोगको अभियान लिएको छ ।
    यसका लागि लायन्स क्लबहरुले सबै पक्षसँग आग्रह गरेका छन् ।
    सहयोग गर्न चाहाने सहयोगी मनका धनीहरुले शाइन रेसुङ्गा बैंक लिमिटेड रहेको लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको खाता नं.०४२००१००४३७०३५०००००१ मा रकम जम्मा गर्न सक्नुहुनेछ । जुन रकम आगलागी पीडितहरुको लागि खर्च गरिने जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.