logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रेडियो परासीद्वारा लुम्बिनीमा स्रोता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम


    १६ बैशाख २०८१ , आइतबार

    रेडियो परासीद्वारा लुम्बिनीमा स्रोता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

    लुम्बिनी, वैशाख १६ । पश्चिम नवलपरासीको पहिलो रेडियो सामुदायिक रेडियो परासीको आयोजनामा नव वर्ष २०८१ को अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्रोता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो परासीका कार्यक्रम गित बहारका संचालक एवम् प्राविधिक सुरेश यादवको अध्यक्षता तथा गित बहार कार्यक्रमका उत्पादनकर्ता रेडियो परासीका पूर्व कर्मचारी उमेश कुमार बि.क. को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रम गित बहारका सार्वधिक विजेता, अधिक सहभागिता, सानै उमेरमा रेडियो कार्यक्रममा सहभागिता जनाउने, गित बहार कार्यक्रमका प्रायोजन गर्ने विभिन्न व्यवसायीहरुलाई प्रशंसापत्र मार्फत सम्मान गरिएको थियो ।
    कार्यक्रममा रुपन्देहीका वरिष्ठ संचारकर्मी राजन चौधरी, राष्ट्रिय थारु गायक सर्गम चौधरी, शिक्षक फुलचन्द्र प्रजापति, मधेस मिडिया मिसन नेपाल नवलपरासीका कोषाध्यक्ष मोनु शर्मा, स्रोताहरुको तर्फबाट प्रकाश चौधरी, बिरगंजका स्रोता बलिरामप्रसाद दास लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य रेडियो परासीका कार्यक्रम संचालक जितेन्द्र जानमले राख्नुभएको कार्यक्रम संचालक एवम् रेडियोका विज्ञापन प्रमुख सुरेश यादवले जानकारी दिनुभयो ।

    स्रोता क्लब गठन, अध्यक्षमा निल
    स्रोता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा ११ सदस्यीय नवलपरासी स्रोता क्लब गठन गरिएको छ । जसको अध्यक्षमा निल कुमार थारु, वरिष्ठ उपाध्यक्ष राजु खान, उपाध्यक्ष सीता चौधरी, सजिव प्रकाश चौधरी, सहसचिव उषा हरिजन, कोषाध्यक्ष शेरबहादुर चौधरी, सदस्यहरु गुड्डु हरिजन, सिकेन्द्र प्रसाद चौधरी, कन्हैया यादव, पार्वती हरिजन र सुरेन्द्र सहानी चयन हुनु भएको छ । सल्लाहकार समितिमा रेडियो परासीका कर्मचारी द्वय सुरेश यादव र गुड्डु बानिया मनोनित हुनुभएको कार्यक्रम संचालक यादवले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.