असलम खान । लुम्बिनीखबर
सम्मरीमाई, १६ वैशाख । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ नौडिहवाका २० घर परिवारलाई सम्मरीमाई गाँउपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले जनही ३ हजार आर्थिक सहयोग गर्नुभएको छ ।
वैशाख १४ गते भएको आगोलागीमा नौडिहवाका २० घर प्रभावित भएका थिए । शुक्लले दिनु भएको जानकारी अनुसार नागेन्द्र लोध, अशोक लोध, बैजनाथ लोध, जिलाजित लोध, बालजित लोध लगायत २० परिवारलाई सहयोग गरिएको हो । आगलागीबाट पिडितहरुको कच्ची घरको साथै पक्की घरमा रहेकोसमेत अन्न, लत्ताकपडालगायतका समान जलेका थियोे ।
पूर्व गाउँपालिका अध्यक्ष शुक्लाले अग्नी पिडितहरुलाई पालिकाबाटै राहत प्रदान गरिनुपर्ने माग राख्नुभएको छ । ‘‘तत्काल पिडितहरुको घर निर्माणदेखि उनिहरुको दैनिक गुजाराको लागि पालिकाले जनही १ लाख ५० हजार रुपैयाँ राहत प्रदान गर्न जोडदार माग गर्दछु ।’’ उहाँले भन्नुभयो । ‘‘आगोलागी जस्ता समस्याको दिर्घकालीन समाधानको लागि बरुणयन्त्र (दमकल) खरिद गर्न पनि पालिकाले चासो देखाउनु पर्छ ।’’ उहाँले पिडितहरुको समस्या प्रति स्थानीय सरकार जति तत्पर हुनु पर्ने हो, त्यति नभएको आरोप लगाउनु भएको छ । आफूले राहत दिएर अन्य निकायसंग पनि राहतको लागि पहल गर्न आग्रह गर्नु भयो । शुक्लाले यस अघि पनि सोही पालिकामा भएको आगलागी पिडितलाई राहत स्वरुप नगद प्रदान गर्नु भएको थियो ।