logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    कृषि क्रान्तिको लयमा रोहिणी तरकारी र माछा पकेट क्षेत्र


    २१ बैशाख २०८१ , शुक्रबार

    कृषि क्रान्तिको लयमा रोहिणी तरकारी र माछा पकेट क्षेत्र

    विदेश भन्दा स्वदेश मै आम्दानीको स्रोत

    पशुपति यादव

    रोहिणी, २० वैशाख । अहिले रोहिणी गाउँपालिकाले माटोको पहिचान गरी कृषि क्रान्तिको लयमा पालिका अघि बढेको कृषि प्राविधिक शाखाले जनाएको छ । पालिका अन्तर्गतका वडाहरुको माटो सुहाउदो अनुसारको बालीनालीहरुको पकेट क्षेत्र बनाई कृषिको लयमा अघि बढेको र कृषि कै माध्यमबाट आम्दानीको स्रोत कृषकको लागि हुने सूचना शाखाले जनाएको छ । रोहिणी अध्यक्ष विद्या प्रसाद यादवले अबको कृषि आकाशे वर्षाको निर्भरतामा होइन की अब कृषक आफ्नै निर्भरतामा खेती किसानी गरी अघि बढिरहेको छ । पालिकाद्वारा सिचाईको लागि बोरिङ्गको व्यवस्था मिलाएको छ । साथै प्रत्येक वर्ष पम्पसेट मोटर समयअनुसारको विउविजन जस्तै धान गहँु तरकारी लगायतका विउविजन समेतमा अनुदान स्वरुप स्थानीय सरकारले उपलब्ध गराएको छ । यो अनुदानस्वरुप समाग्रीबाट सबै लाभवन्ती हुने अध्यक्ष यादवको भनाई रहेको थियो । कहाँ र कुन–कुन ठाउँ र वडामा तरकारी पकेट क्षेत्र, माछा पकेट क्षेत्र, बागवानी क्षेत्रको विषयमा जानकारी चाहिन्छ भने सम्बन्धीत शाखामा सम्पर्कका लागि अध्यक्ष विद्या प्रसाद यादवले जानकारी गराएका थिए ।
    रोहिणी गाउँपालिका कृषि शाखाका प्रमुख जितेन्द्र यादवले पालिका भित्र तरकारी पकेट क्षेत्रको रुपमा रहेकोे प्रमुख यादवको भनाइ रहेको थियो । रोहिणी गाउँपालिका कृषि शाखाका प्रमुख जितेन्द्र यादवले पालिका भित्र तरकारी पकेट क्षेत्र रोहिणी खोलासँग जोडिएको वडा र गाउँमा तरकारी पकेट क्षेत्रको रुपमा रहेको प्रमुख यादवको भनाइ रहेको थियो ।
    विशेष गरेर तरकारी पकेट क्षेत्र रोहिणी वडा नं. २ र वडा नंं. ३ सम्ममा सय कडौँ कृषक मौसम अनुसारको तरकारी खेती अनुसार रहेको पकेट क्षेत्रको जग्गाको हिसाबले ७ हेक्टर जग्गामा तरकारी खेती भइरहेको कृषि शाखा प्रमुख यादवले बताएका थिए । तरकारी पकेट क्षेत्रका गाउँहरु वैरिहवा, मैनिहवा, खुरुहुरिया, बैकण्ठपुर, सिसहनिया, प्रर्ति टोलका गाउँहरुमा तरकारी पकेट क्षेत्र रहेको शाखा प्रमुखले जानकारी गराएका छन् ।
    रोहिणीको बागवनी पकेट क्षेत्र वडा नं. ४ को सेमरहवामा रहेको छ भने माछा पकेट क्षेत्र वडा नं. ५, वडा नं. ६, वडा नं.४ मा तरकुलहा, औरहवा, कोटहवा, पिपराहावा, वोदबार लगायतको गाउँमा माछाको पकेट क्षेत्र रहेको ठूलोमापनमा माछा उत्पादन त्यस्तै ठूलो पैमानामा तरकारी उत्पादन गर्ने स्थानलाई पकेट क्षेत्रको रुपमा लिएका छौँ । यस बाहेका पालिका भरीनै सानो क्षैत्रमा तरकारी खेती र माछा पोखरी पनि रहेको कृषि प्राविधिकले जानकारी दिएका थिए ।
    ब्राह्रमासी पकेट क्षेत्रका तरकारी खेती गर्ने कृषक राजेश मल्लाहले बताउछन् ।
    आफू ९ कठ्ठा तरकारी खेतीगरी परिवारको गुजारा चलाइरहेको छु वार्षिक राम्रो कमाइ गरिरहेको छु, कठ्ठाको उत्पादनको हिसावले जोडौँ भने विदेश भन्दा स्वदेमा नै राम्रो तर तरकारी खेती गर्दा वेमौसमी खेती गरेमा मात्र सफल कृषकको रुपमा परिचित हुन सकिन्छ । सेमरपानी निवासी मल्लाहाको भनाइरहेको थियो भने अर्को कृषक तरकारी पकेट क्षेत्र वैरिहवा निवासी सुवराज खरविन्द कर्म गर्नु नै उपलब्धी हो । हामी कृषकको हौसलामा केन्द्र सरकार, प्रदेश सरकारले ध्यान दिन जरुरी छ । स्थानीय सरकारको भूमिका उत्तिकै हुन आवश्यक छ । साथै स्थानीय सरकारले पालिकाभित्र उत्पादन भएका तरकारी बालीको लागि स्थानीय सरकारका पहलमा तरकारी सङ्कलन केन्द्र र शीत घरको लागि कषकहरुको जोडदार माग रहेको थियो । स्थानीय सरकारले साथ सहयोग दियो भने हामी कृषकहरु अझै राम्रो उत्पादन गरी आफ्नो दैनिकी जीवन उपार्जनका साथै आय स्रोतमा वृद्धि हुने विश्वास हुने कृषक खरविन्दको भनाइरहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.