logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रोहिणीमा स्वास्थ्य चौकी निर्माण सुरु


    २३ बैशाख २०८१ , आइतबार

    रोहिणीमा स्वास्थ्य चौकी निर्माण सुरु

    लुम्बिनीखबर
    भैरहवा, २३ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ मा स्वास्थ्य चौकी निर्माण हुने भएको छ । रोहिणी–५ वडा कार्यालयको छेउमा बन्ने पिपरहवा स्वास्थ्य चौकी भवनको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन र रोहिणी–५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
    २ करोड १८ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण हुने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष यादवले बताए । उनले भने, ‘भवन शिलान्याससँगै अब निर्माण काम तीव्र रुपमा अघि बढ्छ । ’ स्वास्थ्य चौकी निर्माण भएपछि वडा नम्बर ५ सँगै ४ र ६ का नागरिक पनि स्वास्थ्य सेवाबाट लाभान्वित हुने उनले बताए । संघ सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत साझेदारीमा ३ तल्ले स्वास्थ्य चौकी भवन बन्ने अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार अबको डेढ वर्षमा भवन निर्माण सम्पन्न हुनेछ ।
    भवन शिलान्यास कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी, गाउँकार्यपालिका सदस्य, वडा सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.