logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रोहिणीका जनता सास्ती व्यहोर्दै, जनप्रतिनिधि मस्ती गर्दै


    २३ बैशाख २०८१ , आइतबार

    रोहिणीका जनता सास्ती व्यहोर्दै, जनप्रतिनिधि मस्ती गर्दै

    विपद्को बेला भ्रमणमा व्यस्त जनप्रतिनिधी र कर्मचारी रोहिणी गाउँपालिका अध्यक्ष
    ‘‘रोहीणीमा आगलागीको पिडाबाट छटपटाई रहेछन्।
    हाम्रा बुवाआमा, दिदीबहिनी  र दाजुभाई 
    पर्खिरहेछन्  तपाईंको अमूल्य सहयोगलाई ।।
    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २३ वैशाख । रोहिणी गाउँपालिकाको वडा नं. ४, ५, ६ मा दिउँसो एक बजेर अन्दाजी २० मिनेटमा आगलागी भएको हो ।
    वडा नं. ५ मा पुर्ण क्षति भएको १३ घरधुरी आंशिक क्षति भएको ३९ घर धुरी वडा नं.–४ मा पुर्ण क्षति ४ घर धुरी आंशिक ५ घर धुरी वडा न. ६ मा पुर्ण क्षति ११ घर धुरी आंशिक १ ६ घरधुरी रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
    अहिले सम्मा अग्नी पिडित पुर्ण क्षति र अंशीक क्षति भएकाहरुलाई नेपाल रेडक्रस सोसाइटी रोहिणी शाखाले अग्नी पिडितहरुको घाउँमा पट्टी मलहम लगाउने मनवीय कार्य गरेको छ भने रुपन्देही जिल्ला प्रशासन कार्यालय स्थानीय सरकार रोहिणी अग्रहरि समाज समेतले राहत स्वरूप खाद्यान्न, लत्तकपडा, भाँडा र नगद सहित सहयोग गरेको निवर्तमान रूपन्देही जिल्ला समन्वय समिती उपसभापति पशुपति नाथ यादवले जानकारी दिएका थिए भने हाल सम्म यस क्षेत्रका प्रतिनिधी सभासदस्य तथा प्रदेश सभा सदस्यहरुको समेत हाल सम्म उपस्थिती देखिएको छैन ।
    रोहिणी गाउँपालिका पनि निर्वाचन क्षेत्र नं. १ मै पर्छ, लुम्बिनी प्रदेशमा पर्छ अग्नी पिडिल यसै क्षेत्र यसै प्रदेशका हुन पिडितहरुकोे घाउँमा पट्टि मलहम लागाउने काम देखिएको छैन । उपसभापति यादवले गुनासो गरेका थिए ।
    निवर्तमान रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले यस्ता संकटको घडीमा वर्तमान अध्यक्ष विद्या प्रसाद यादव र जनप्रतिनिधि मुस्ताङको भ्रमण जानुको कुनै अर्थ नरहेको यादवको भनाई रहेको छ ।
    जनप्रतिनिधी, जनसेवक हुन यस्तो दैविक प्रकोपको वेला अग्नी पिडितहरुको दुःख साटासाट गर्नुपर्छ । घाउमा पंट्टी मलहम लगाउने समयमा भ्रमण जानु मानवीय कुंलक हो। भ्रमणमा खर्चिन रकम पिडितको उद्धारमा सहयोग गर्नु पर्नेे थियो अग्नी पिडितको मानवीय कल्याणकारी सेवामा सहयोग हुन्थ्यो ।
    पालिका भित्र २८ घर पूर्ण रूपमा क्षति यी अठ्ठाइस घर परिवारलाई बस्ने बास छैन । कोई अर्काको घरमा बसिरहेछन भने यस्ता गर्मी र हावा हुरीको समयमा कोही त्रिपाल टागेर बसिहेछन् । यी पिडितहरुको घर टहरा को बनाई दिने स्थानीय सरकार यस विषयमा गम्भीर हुनु, जरूरी छ ।त्यसै गरी ६० घर परिवार अंशक क्षतिभएको अनुसारको सहयोग गर्न सरकारको दायित्व रहेको निवर्तमान रोहिणी अध्यक्ष यादवको भनाई रहेको थियो ।
    घर पूर्णरुपमा आगलागि बाट ध्वस्त भएको आफ्नो शरीरमा लागाएको कपडा मात्र बचेको घर भित्र रहेको गहुँ, चामल लगायतका खाद्यन्न, भाँडा, कुडाँ, ग्यास सिलिण्डर, पम्प सेट, कुच्चो समेत जलेर सखाप भएको छ । अहिले नाति, नातिना, छोरा बुहारी आफू समेतले अर्काको घरमा बास बसिरहेका छौँ । यता वर्षातको समय नजिक आइरहेकोले आफूसँग तत्काल घर बनाउने हैसियत नरहेको मलाई चिन्ताले सताएको छ ।
    चिन्तित हुँदै ३ ताका सरकारसँग रामविक्ष प्रसाद यादवले सहयोगका लागि अपिल गरेका थिए ।
    आगलागिबाट पूर्ण क्षति भएको घर अनार माया चमाइनको पिडा पनि उस्तै छ । पिडित चमाइनले भनिन् ‘ मेरो सानो सानो बालबालिकाले त्रिपाल टागेर बसिरहेका छौँ । केही संघ संस्था थोरै धेरै सहयोग गरेको छ । वर्षात नजिकै आउदा मेरो एउटा खररहितको सानो टहरा निर्माणको लागि कही कत्तैबाट सहयोगको पहल देखिरहेको छैन, चमाइनले निराशावादी हुँदै आफ्नो पीडा लुम्बिनीखबरका प्रतिनिधिलाई सुनाइन ।
    आगलागिबाट घर जलेर सखाब भएको छ । दानी संघसंस्था, दानवीरहरुको तर्फबाट केही सहयोग प्राप्त भए पनि आफ्नो बालबच्चाको बस्ने ओत नभएकोले अग्नि पिडित गंगा हरिजनले आफ्नो पीडा सुनाइन । रोहिणी अध्यक्ष विद्या प्रसाद यादव समेतको टोलि भ्रमणमा रहदा कार्य बाहक अध्यक्ष वडा नं.–५ का अध्यक्ष घनश्याम सिंह क्षेत्रीले वैशाख १९ गते देखि २२ गतेसम्म पालिकाका कार्यबाहक अध्यक्षमा नियुक्ति थिए । यस्तो विपतको समयमा जनता दुखी छन् । भ्रमण सुहादैन । ४ लाख मुस्ताङको भ्रमण खर्चलाई पहिला गरेको सहयोगमा थपेर सहयोग गर्दा मानवीय सेवामा सहयोग हुन्थ्यो जनता पीडित र दुःखी भएकै कारण भ्रमणमा आफू नगएको कार्यबाहक अध्यक्ष सिंहको भनाइ रहेको थियो । जनताको प्राप्त राजश्वलाई भ्रमण गर्नु गलत हो । विपतका बेला जनप्रतिनिधि जनताको पीडामा मलहम लगाउनु सक्रिय हुनेबेलामा मस्ति गर्दै हिड्ने अशोभनीय भएको छ । यसले रोहिणी गाउँपालिकालाई बदनाम गराएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.