रुविना थापा
भैरहवा, ३१ वैशाख । भारतबाट नेपाल तर्फ अवैधरुपमा ल्याउदै गरेको बोइलर कुखुरा प्रहरीको नियन्त्रणमा लिएको छ ।
रोहिणी गाउँपालिका वडा नं.–३, सेमरहवा धकधईका २९ वर्षिया निजमान खानले लु ७९ प १८२५ नं. को मोटर साइकल प्रयोग गरी अवैधरुपमा नेपाल तर्फ ल्याउदै गरेको ७२ गोटा बोइलर कुखुरा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।
रु. ९५,०४० मूल्य पर्ने कुखुरा आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय बेलहिया पठाइएका छ । भने र रु. ८० हजार मुल्य बराबरको मोटर साईकललाई भैरहवा भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्ेदहीका प्रवक्ता प्रहरी नायव निरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।