logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सामाजिक उद्यमशीलताका लागि लायन्स स्कुलिङ


    १८ जेष्ठ २०८१ , शुक्रबार

    सामाजिक उद्यमशीलताका लागि लायन्स स्कुलिङ

    कमल रायमाझी

    डिस्ट्रिक ३२५ पि
    भैरहवा, १७ जेठ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ पि नेपालले वर्ष २०२४।०२५ का क्लब अध्यक्षहरुलाई स्कुलिङ कार्यक्रम गरेको छ । डिस्ट्रिक ३२५ पि ले आफू मातहतका क्लबहरुका अध्यक्षहरुलाई भैरहवामा बोलाएर दुई दिने स्कुलिङ कार्यक्रम गरेको हो । स्कुलिङ कार्यक्रममा डिस्ट्रिक भरका १०४ जना क्लब अध्यक्षहरुको उपस्थित रहेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ पि नेपालले जनाएको छ ।
    वर्ष २०२४।०२५ का क्लब अध्यक्षहरुको स्कुलिङ कार्यक्रममा लायन्स लिडर तथा प्रशिक्षकहरुले लायन्समा क्लब अध्यक्षले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारीका विषयमा प्रशिक्षण दिएका थिए । सन् १९१७ मा मेल्भिन जोनले “हामी सेवा गर्छौ” भन्ने नारा दिएर स्थापित यो संस्थाले समाज रुपान्तरणमा खेल्नुपर्ने विषयमा क्लब अध्यक्षहरुलाई प्रशिक्षण दिएको आयोजकले जानाकारी दिएको छ ।


    लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ पि का निर्वाचित डिस्ट्रिक गर्भनर पुरुषोतम भक्त प्रधानाङ्गले निर्वाचित लायन्स क्लबहरुका नयाँ अध्यक्षहरुलाई व्यक्तित्व विकास, नेतृत्व विकास, सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएको बताए । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ पि ले वर्ष २०२४।०२५ लाई “सामाजिक उद्यमशीलता” वर्षको रुपमा सफल पार्ने अभियानका साथ अगाडि बढेको निर्वाचित डिस्ट्रिक गर्भनर प्रधानाङ्गले जानाकारी दिए । सामाजिक उद्यमशीलतामाको माध्यामबाट सामाजिक, सांस्कृतिक र पर्यावरणीय लगायतका क्षेत्रमा यो वर्ष लायन्सले कामगर्ने गर्भनर प्रधानाङ्गको भनाई रहेको छ । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ पि ले “सँगै सफलता हासिल गर्नुहोस” भन्ने नाराका साथ लायन्स वर्ष २०२४।०२५ को सुरुवात गर्ने भएको छ ।
    स्कुलिङ कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गर्भनर अर्जुनमान सैँजुले सामाजिक र मानवीय क्षेत्रमा समर्पित हुनका लागि आगामी नेतृत्वलाई अनुरोध गरे ।
    लायन्सले टिमवर्कको बिश्वास गर्दछ । गर्भनर सैँजुले भने, ‘कुनै पनि धर्म, सम्प्रदाय, जात, लिंग र राजनीति भन्दा माथि उठेर मानवीय भावले समाजसेवामा समर्पित हुन जरुरी छ ।’
    लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एच का आइपिडिजी दिनेश प्रसाद श्रेष्ठले लायन्स क्लब इन्टरनेश्नल फाउन्डेसनका विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै, मुकुन्द ज्ञवालीले उद्यमशीलता सोचका विषयमा राजिव गौतम, जिएमएका विषयमा र एफभिडिजिई .बालाराम भट्टराईले लायन्स क्लबका अध्यक्ष र डिस्ट्रिकको सम्बन्धका विषयमा प्रशिक्षण दिएका थिए ।


    एसभिडिजिई सन्दिप कसौधनले लाइन्सको आचार संहिताका बिषयमा र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आई का गर्भनर चन्द्र कुमार के.सी.ले लायन्स लिडर हुनुपर्ने आत्मविश्वास तथा मानवीय र सामाजिक ज्ञानका विषयमा स्कुलिङ गरेका थिए ।
    लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पिका संस्थापक गर्भनर नवराज न्यौपानेले नेतृत्व तथा व्यक्तित्व विकास एवम् समाज सेवामा लागि लायन्स क्लब उत्कृष्ट संस्था भएको भन्दै क्लबका अध्यक्षहरुलाई राष्ट्रको सान बढ्ने किसिमले आफ्नो कार्यकाल पुरा गर्नुपर्ने बताए ।
    स्कुुलिङ कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ पि का अफिसर तथा अफिसियल टिम र क्लबका अध्यक्षहरुको उपस्थित रहेको डिस्ट्रिक मार्केटिङ्ग कोर्डिनेटर संगम न्यौपानेले जानाकारी दिए ।
    सन् १९१७ मा मेल्भिन जोनले “हामी सेवा गर्छौ” भन्ने नारा दिएर स्थापना भएको यो सामाजिक संस्था नेपालमा सन् १९७१ मा मातृका प्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको हो । संसारभर ४९ हजार ३०० क्लबमा १३ लाख ४६ हजार ११७ जना सदस्य आवद्ध रहेको अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पि का अफिस सेक्रेटरी दिनेश बुढाथोकीले जानाकारी दिए ।


    उनका अनुसार–नेपालमा १९४५ क्लबमा ४४ हजार ७५१ जना सकृय सदस्य संख्या रहेको छ । नेपालमा १५ डिस्ट्रिक मा विभाजन भएको लायन्सको कार्यक्रम डिस्ट्रिक ३२५ पि मा १५२ क्लबमा ३७३६ जना सदस्य रहेको डिस्ट्रिक ३२५ पि को सूचना शाखाले जनाएको छ ।
    लायन्सले संसारभर वातावरण, युवाको नेतृत्व विकास, मधुमेह, भोक निवारण,दृष्टि, क्यान्सर, दैविक प्रकोप र मानवीय साहयताको क्षेत्रमा काम गर्दछ । नेपालमा लायन्सले आफ्नो मर्म र उद्देश्य अनुसार काम गरिरहेको छ । त्यो बाहेक पनि ठूला परियोजनाहरुको पनि सञ्चालन गरि सम्पन्न गरेको देखिन्छ । नेपालका धेरै आखा अस्पतालहरु लायन्सले निर्माण गरेको छ । भूकम्प पश्चात १८ वटा विद्यालयहरुको पूननिर्माण सम्पन्न गरेको छ । मधुमेह तथा रक्तदान कार्यक्रमलाई प्राथामिकतामा राखेर काम गरेको पाईन्छ । लायन्सको मुख्य मर्मलाई आत्मसात गर्र्दै लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ पि ले पनि सकृएतापूर्वक समाजसेवामा काम गरेको छ । आगामी वर्ष अझ सकृएता बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.