logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सुनवलको खोला—नाला ठेकेदार र स्थानीय माफियाको चपेटामा


    २४ जेष्ठ २०८१ , बिहिबार

    सुनवलको खोला—नाला ठेकेदार र स्थानीय माफियाको चपेटामा

    ज्ञानेश्वर साहनी। लुम्बिनीखबर
    नवपरासी, २४ जेठ। सुनवलको विभिन्न ठाउँमा बर्षेनी बढिको पिडा भोग्दै आएका छन् स्थानीय । बर्खाको समयमा बाढिसंग जुधी रहेको स्थानियको कुरा सुनिने कोहि भएन् । खोला नाला तथा नदीजन्य पदार्थको व्यवस्थित र गर्नुको साटो नियमन गर्न ठेक्काको वन्दोवस्तको जिम्मा लिएका ठेकेदारहरुबाट भएको अप्राकृतिक एवं अवैध उत्खन्नको पिडा भोगिरहेका छन् सुनवल नगरपालिकाका स्थानियहरु ।
    पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित विभिन्न खोलानाला तथा नदीहरुमा अहिले ठुला उपकरण जेसिभि, हेक्साभेटर प्रयोग गरि अबैध उत्खन्न गर्ने कार्य तिब्र गतिमा भइरहेको छ ।
    हुन त यो खोलाको अवैध दोहन गर्ने कार्य यस वर्ष मात्र भइरहेको भने होईन प्रत्येक वर्ष यसरी नै ठेकेदारले सम्वन्धीत निकायसंग सेटिङ्ग मिलाएर नै गर्छन र प्राकृतिक सम्पदाको अवैध अनि चरम रुपमा दोहन गर्दै आइरहेका छन ।
    ठेकेदारको नाम धारण गरेका खोला दोहन माफियासंग प्रत्येक वर्ष झै अहिले पनि जुधि रहेको छ सुनवल नगरपालिका अन्तर्गत पर्ने तुरिया ,भुमही, पानभार , बिसासय खोला, तुरिया र भुमहि खोला गौरभको योजन भनेर बुटवल नारायणघाट सडक र गौतमबुद्घ विमानस्थालको लागि चाईना कन्ट्क्सान र आशिष क्षमादेबी बुद्घ हिमाली जे।भी लाई अमानातको नाममा जिम्मा नगरपालिकाले दियो तर ति खोला माफियाको हातमा पुगेको छ ।
    चाइना कन्ट्क्सानले देव मगरलाई ढुवानीको जिम्मा दिइको छ तर मगरले भने कमिशनको करणले स्थानिय खोला माफियाको सेटिङ्गमा अबैध रुपमा डामफिङ्घ गरिरहेका छन ।

    कँहा छ त अवैध डामफिङ्
    सुनवल नगरपालिकाले तुरिया खोलाको नदीजन्य पदार्थ चाइना कन्ट्क्सानको केस्रर र केरेसरको पुर्व तुरिया खोलाको किनारमा डामफिङ्घ गर्न अनुमति दिईएको छ तर मगरले सबै प्रशासनलाई आर्थिक प्रलोभलमा परी अवैध तरिकाबाट माछारमाराको उत्तरी जगंलमा, रमवापुर , तुरिया खोलाको किनरामा , नगरले तोकेको स्थानमा डामफिङ् नगरेर अनधिकृत ढङ्गबाट माछारमाराको उत्तरी जगंलमा, रमवापुर , तुरिया खोलाको किनरामा , नगरले तोकेको स्थानमा डामफिङ्घ नगरेर अनधिकृत ढङ्गबाट डामफिङ् गरेका छन भने उक्त भुमही खोलको नदीजन्य पदार्थ गौतमबुद्घ विमानस्थालको लागि आशिष क्षमादेबी बुद्घ हिमाली जे।भी लाई अमानत रामग्राम नगरपालिकाको वडा नं ११ को तीन स्थानमा डामफिङ् गर्न अनुमति सुनवल नगरपालिकाले दिईएको छ तर रामग्राम १२ मा पर्ने जिल्ला कारागर अगाडी , दाउन्ने फलोर मिल अगाडी अवैध डामफिङ् गरिरहेको छ ।
    यस विषयमा सुनवल नगरपालिकाको खोला संयोजक कमल प्रसाद चुवाई खोलाको बिषयमा म संग केही कुरा नगरे हुन्छ भने तोकेको स्थानबाट अन्यत्र डामफिङ् गरेमा स्टाक प्रमाणित नगर्ने बताए ।
    ठकेदारहरुले सेटीङ्ग मिलाएर मेसीन उपकरणबाट अवैध उत्खनन गर्ने योजना नै बनाएर ठेक्का हाल्ने गरेको देखिन्छ । प्रत्येक वर्ष हुने खोला ठेक्का प्रकृयामा सुनवल नगरपालिका, जिल्ला समन्वय समिती स्थानीय राजनितिक दलका नेता , स्थानीय प्रहरी , स्थानीय प्रशासन, बन कार्यालयल लगायतका निकायलाई आर्थिक प्रलोभनमा पारी खोलामा मेसीनको प्रयोग गरी अबैध उत्खनन गरि डामफिङ् गरिरहेका छन जहाँ कुनै पनि मापदण्ड पालना गरिएको पाइदैन ।

    अहिलेको समयमा राजनीतिको माला जप्ने जनप्रतिनिधी त झनै राम्रो अवसर जुटेको ठानेका छन यी खोलाबाट रातारात लाखौं कमाउने सपना पालेका ठकेदार समुह । राज्यका नियमका सवै अंगहरु माला जप्ने विभिन्न वाहानामा रात दिन जेसिभि ,एक्साभेटरबाट अवैध उत्खन्न तथा अवैध स्टक गर्नमा तल्लीन अनि सक्रिय देखिन्छन यो प्रकृतिक अवैध दोहन गिरोह । सुनवल नगरपालीका स्थित भुमहि खोलाको ठेक्का ईन्द्रेनी केस्रर प्रा।लि ले प्रशासनसंग उठवस गरेका समुहले नै अवैध उत्खन्नको नेतृत्व गरिरहेको छ । यसरी आखा मात्र चिम्लीदिए र भागवण्डाको रकम सजिलै आउने हुँदा प्रहरी प्रशासन लगायतका अन्य नियमका निकाय पुर्वरुपमा मौन रहि कर्तव्य भन्दा पनि अवसरको फाइदा उठाउने पक्षमा देखिन्छन ।

    अवैध खोला दोहन हुँदा प्रत्यक्ष असर र प्रभावको चपेटामा पर्ने स्थानीय समुदाय समेत मौन देखिएका छन अन्तत्वः स्थानीयवासी देखि नगरपालिका प्रहरी प्रशासन, वन कार्यालय, चुरे संरक्षण समिति, जिल्ला समन्वय समिति लगायतका नियमका अधिकार राख्ने सम्पूर्ण सयन्त्रहरुको अगाडीबाट ठेकेदारनामको माफियातन्त्रले यो प्राकृति सम्पन्दा माथि खुलेआम गरिरहेको चिरहरण रोक्ने दायित्व कस्को हो ।

    जवाफ दिने निकाय कुन हो यो प्रकृतिले हामीसंग गरिरहेको आजको टट्कारो प्रश्न हो यो । यसै बीच पेट पाल्नैका निम्ति खोलालाई आधार बनाएका केही स्थानीय व्यक्तिहरुले यसरी हातले गिटी वालुवा चालेर दैनिक गुजारा चलाउने वर्ग पनि खोलामा भेटिन्छन । यिनीहरुले सोचिरहेका छन हामी नियम परिधि भित्र रहि एक टीपर खोलाजन्य सामग्री जम्मा गर्न वटुल्न १ हप्ता लाग्छ तर राज्यको सिपाहीका खोल लगाएका मतियारहरुसंग साठगाठ गर्ने ठेकेदारहरु १ मिनेटमै अप्राकृतिक उत्खनन् गरि सवैलाई कमिसन पुरयाउदै रमाइरहेका छन आज । यसरी दिन दहडै खोलको चिरहरण हुँदा नगर प्रहरी , नेपाल प्रहरी, जिल्ला प्रशासन , जिल्ला समन्वय समिति ,जिल्ला वन र स्थानीय राजनितिक दलका नेता सबै चुपचाप बस्नुको पछाडी ठुलै आर्थिक प्रलोभनमा पारिएको देखिन्छ ।
    राज्यको श्रोत दोहन गरिरहेका छन, सक्नेलाई होईन, नसक्ने र हामी जस्ता निर्धालाई हो कानुन, धिक्कार्दै छन राज्यव्यवस्था प्रणालीलाई ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.