पशुपति यादव र लुम्बिनीखबर
रोहिणी, २७ जेठ । रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा दुईवटा बाघका बच्चाहरु देखापरेको छन।
यही जेठको २३ गते लोधपुरवा र गौरी गाउँमा दुई वटा बाघहरु देखिएको स्थानियहरुको भनाई छ। सानोसानो दुईवटा बाघ गाउँभित्र पस्न खोज्दा गाउँले नै धपाएको स्थानीयहरु बताउँछन्।
बाघ कुन जातको बाघ हो र कहाँ बाट आएको हो आफूहरु बताउन नसकेको स्थानीयहरु बताउँछन्।
लोधपुरवा, पिपरैया र गौरी गाउँको किनारमा रोहिणी खोला रहेको बीचबीचमा जङ्गल झाडी रहेको त्यहीभित्र बस्दछन् कि केही जानकारहरुले अनुमान गरेका छन्।
बाघ देखिएको समाचार लेख्दासम्म बाघले कुनै किसिमको जीव र धनको क्षति नभएको स्थानीयले बताएका छन्।
बाघको हल्ला भएपछि यी तीनवटै गाउँका मानिसहरूले आसपासका गाउँका मानिसहरु सतर्कता अपनाउन जानकारी दिएका थिए।
वडा नम्बर ५ का वडाध्यक्ष मदन पोखरेलसँग लुम्बिनीखबर प्रतिनिधिले बाघको विषयमा कुरा गर्दा दुईटै टोलका स्थानीयहरूले बाघ आएपछि तुरन्तै आफूलाई फोन मार्फत जानकारी गराएको बताए ।
पोखरेलका अनुसार यो कुरा जानकारी पाएपछि सबैलाई सतर्कता अपनाउनका लागि आग्रह गरेको साथै बाघलाई कसैले जिस्काउने नहुने बताए। बाघको बच्चा भएपनि स्थानीयवासीहरुले सचेत हुन जरुरी रहेको बताए।
स्थानियका अनुसार बाघको हल्ला सुनेपछि यी तीनवटै गाउँका आसपासका गाउँका मानिसहरु सतर्कता अपनाएका छन ।
प्रत्यक्ष देखेका मानिसहरूका अनुसार बाघ कम उमेर भएका कारण मानिसको हल्लाखल्ला सुनेर भागेको बताउँछन् ।
बाघ रातिमा गाउँमा बस्न खोज्दा गाउँलेहरू धपाएको स्थानीय बासिन्दा लोधपुरौवा निवासी गोविन्द लोधले बताए।
रोहिणी खोलाको जङ्गलझाडी बन्द भएको इटाभटी समेतमा बासस्थान बनाएको गौरी स्थानीय निवासी चिरन्जु धोबी आफू बाघ देखेको प्रत्यक्ष दर्शी रहेको बताए । धोबीले आफू आकलन पनि गरेका छन् ।