logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    युनिभर्सलमा स्मरण तथा कविता प्रतियोगिता


    ६ असार २०८१ , बुधबार

    युनिभर्सलमा स्मरण तथा कविता प्रतियोगिता

    लुम्बिनीखबर
    भैरहवा, ५ असार । युनिभर्सल पब्लिक हाई स्कुल सिद्घार्थनगर ८ अञ्चलपुरमा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । गत शुक्रबार सम्पन्न प्रतियोगितामा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु सहभागी भएका थिए । कक्षा नर्सरी,एल.के.जी र यू.के.जी तर्फ नृत्य अभ्यास भएको थियो भने कक्षा एक,दुई,तीन स्मरणखेल तथा कक्षा चार,पाँच,छ,सात,आठ र नौतर्फ कविता लेखन प्रतियोगिता सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गोकुल पोखरेलले जानकारी दिए ।
    जसमा कक्षा एकबाट श्रिशा खत्री प्रथम,गृष्मा पाण्डे द्वितीय र बिहानी अर्याल तृतीय, कक्षा दुईबाट रेहन हुसेन प्रथम, निश्चल डुम्रे द्वितीय र प्राप्ति थारु तृतीय , कक्षा तीनबाट निर्भिक पाण्डे प्रथम,श्रद्घा पाण्डे द्वितीय र त्रिविक्रम मल्ल तृतीय भएका विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक यम थापाले जानकारी दिए ।
    त्यस्तै कक्षा कक्षा चारदेखि कक्षा नौसम्मका विद्यार्थीहरुबिच भएको कविता लेखन प्रतियोगितामा कक्षा चारबाट एन्जल रजाली प्रथम,मनिशा कुँवर द्वितीय र अभ्नी क्षेत्री तृतीय, कक्षा पाँचबाट प्रमिला घिमिरे प्रथम,प्रबिना थापा द्वितीय र अस्बिन चापागाइँ तृतीय , त्यसैगरी कक्षा छबाट शित्तल पाण्डे प्रथम , गरिमा खत्री द्वितीय र समर गुरौ तृतीय भएका थिए । त्यस्तै कक्षा सातबाट युना पाण्डे प्रथम, सिवानी अर्याल द्वितीय र आयुष ठकुरी तृतीय, कक्षा आठबाट बन्दना खत्री प्रथम,आयूष झा द्वितीय र सगुन्ता छन्त्याल तृतीय, कक्षा नौ बाट धन बहादुर नेपाली प्रथम , सुनयना थापा द्वितीय र एन्जल नेपाल तृतीय भएका थिए । विजेता सम्पूर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक गोकुल पोखरेलले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.