logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    बुद्ध मावली दाबी गरिएको मर्चवारमा पूरातात्विक स्थलको निरीक्षण


    ८ असार २०८१ , शुक्रबार

    बुद्ध मावली दाबी गरिएको मर्चवारमा पूरातात्विक स्थलको निरीक्षण

    असलम खान । लुम्बिनीखबर

    मर्चवार, ७ असार । लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले रूपन्देहीको मर्चवारक्षेत्र स्थित मर्चवारी गाउँपालिका वडा नम्बर (२ मा पूरातात्विक सम्पदास्थल देउरवाको निरीक्षण भ्रमण गरेका छन्। सदस्य सचिव शाक्य सहितको लुम्बिनी बिकास कोषको टोलीले पछिल्लो समयमा बुद्धको मावली ‘देवदह’ दाबी गरिएको स्थान ‘देउरवा स्तूपा’ क्षेत्रको निरिक्षण भ्रमण गरेका हुन। निरीक्षणले मर्चवार क्षेत्रको धार्मिक, सांस्कृतिक र पूरातात्विक पहिचानलाई प्रवर्द्धन गर्न थप हॏसला मिलेको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरइले बताए । उनले भने, ’लुम्बिनी बिकास कोषको साथ र सहयोगमा अब देउरवा स्तूपा, मर्चवारीमाइ स्थान र अन्य महत्वपूर्ण सम्पदास्थलको संरक्षण र बिकासगर्न सहज हुनेमा बिश्वस्त छु। ’निरीक्षणको उद्देश्य बुद्ध मावली दाबी गरिएको मर्चवारी–२ स्थित ’देउरवा स्तूपा‘ क्षेत्रको पहिचान र संरक्षणबिहीन अवस्थामा रहेका अन्य धार्मिक तथा पूरातात्विक सम्पदा स्थलकालागि सुधारात्मक कदम चाल्नु हो । निश्चित रूपमा सदस्य सचिव शाक्यको निरीक्षण भ्रमणले यहाँको विकासमा सकारात्मक प्रभाव पार्नेछ‘, अध्यक्ष बरइले भने। ढिस्कोजस्तो देखिने स्तूपाको भाग खनेर खेतीका लागि अतिक्रमण गर्न खोज्दा त्यहाँ जमिनमुनिबाट मौरी, कालो बारुलो, बिच्छी र ठुल्ठुला विषधारी सर्प देखापरेको अध्यक्ष बरइले सुनाए ।

    स्तूपाक  करिबबाट सय मीटर दक्षिणतर्फ पुरिएर रहेको इनार केही वर्ष पहिला सिचाइका लागि सफाइ गर्दा प्राचीनकालमा प्रयोग गरिने माटाका भाँडावर्तन, पानी पिउने टुइयाँ लगायतका चीजबस्तु फेला परेको उनले बताए । त्यो स्थान प्राचीन देवदह नै भएको उनको दाबी छ। सम्पदास्थलको उत्खनन र पहिचानका लागि स्थानीय सरकारसँग पर्याप्त स्रोत–साधन छैन । यसको संरक्षण र विकासप्रति पुरातत्त्व विभाग, संघ र प्रदेश सरकार समेतले चासो नदेखाएको अवस्थामा लुम्बिनी बिकास कोषका सदस्य सचिवको ध्यानाकर्षण र निरिक्षणले यसको बिकास हुनेमा बिश्वास जागेको गाउँपालिका अध्यक्ष बरईले बताए। त्यहाँ माटोको ढिस्को जस्तो देखिने गोलाकार अग्लो भाग बॏद्ध स्तूपा भएको अध्यक्ष बरइको दाबी छ । उनले भने, ‘केही वर्ष पहिला ढिस्को खन्न गएको एक्स्काभेटर बिग्रियो । पछि स्थानीय एक व्यक्तिले त्यहाँको माटो खन्दैगर्दा मानसिक सन्तुलन गुमाए ।’ त्यसैले त्यहाँ बाँकी रहेको चैत्यजस्तो देखिने १० कट्ठा जग्गा अतिक्रमण हुन सकेन। मर्चवारीमा पर्ने सुमेरगढको देउरवा स्तूपा, सम्मरीमाइस्थित सिद्धनाथको शिद्धबाबा–सुदेसर तथा लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित अमहवा निपनिया र बन्जरहीलगायतका ठाउँमा रहेका संरक्षणबिहीन प्राचीन संरचना, पुरातात्त्विक स्थलका रूपमा चिनिन्छन् । ती संरचना चौपायाको चरन र गोबर गोइठा बनाउने स्थल भएका छन्। मर्चवारबासीले त्यही देउरवालइ नै भगवान बुद्धको मामाघर दाबी गर्दैछन् । सामाजिक सञ्जालदेखि त्यहाँका चौराहहरूमा यस विषयमा दैनिकजसो बहस हुने गरेको छ । देवदह नगरपालिकाले खैराडाडा क्षेत्रलाइ मावली देवदह मान्दै उत्खखन् पनि थालेको छ । यस बिषयमा सबैले अ–आफ्नो दाबी गरिरहँदा प्रमाण अभावमा अन्योल देखिन्छ। प्राचीनकालको पनपथवा इँटाबाट बनेको संरचना देउरवा ९ बुद्ध मावली दाबी गरिएको देवदह०को जमीन मुनी लुकेको छ । त्यहाँ खन्दारजोत्दा त्यसमुनि लुकेर रहेका संरचना देखिनुका साथै केही इनार र माटाका भाँडाकुँडासमेत एक–एक गर्दै हराइरहेका छन् । पुरातात्त्विक सम्पदाका अलिखित दस्तावेज देखिने त्यो स्थलको संरक्षण गर्नु जरूरी छ। दक्षिण, पूर्व हुँदै बगेको हगनीनाला, दण्डपाणि ऋषिका नामले नामांकित दण्डा नदीमा मिसिएर उत्तर, पूर्व र दक्षिण किनारालाई घेरेको छ । पश्चिम किनाराबाट घोघी र गैडहवानाला दण्डा नदीमागई मिसिएको छ ।

    रायपुर गाउँतर्फबाट एकमात्र साँगुरो स्थलनिकास छ । यसले प्राचीनकालमा त्यहाँ शक्तिशाली नगरको जलदुर्गाको संकेत गर्छ। परासीको रामग्राम र कपिलवस्तुको गोटिहवाको जस्तै देखिने ढिस्को आकारको त्यो संरचना बॏद्ध स्तूपाको हुन सक्ने बौद्ध धर्मसम्बन्धी शोधकर्ता भोला गुप्ताको भनाइ छ । जापानको ‘फन्ड इन ट्रस्ट’को आर्थिक सहयोगमा युनेस्को, बेलायतको बुरहाम विश्वविद्यालय, जापानको टोकियो विश्वविद्यालय, लुम्बिनी विकास कोष र पुरातत्त्व विभागका पुरातत्त्वविद्हरूको संयुक्त अध्ययन टोलीले करिब ७ वर्ष पहिले त्यो क्षेत्रको बाह्यअध्ययन गरि त्यहाँ बोर्ड समेत लगाएको छ। बॏद्ध सम्पदास्थलहरूको संरक्षण र विकासका लागि कोषले उत्खनन्, पहिचान र बृहत्तर लुम्बिनी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने लगायतका कार्यहरू गरिरहेको छ‘ लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने । निरीक्षण कार्यबाट लु।बि। कोषलाई त्यहाँका धार्मिक तथा पुरातात्विक क्षेत्रको वर्तमान अवस्थाको वास्तविक तस्वीर प्राप्त गर्न र आगामी कार्ययोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मार्गदर्शन गर्ने सदस्य सचिव शाक्यले बताए। सदस्य सचिव शाक्यले भने ’जसरी बुद्ध जन्मस्थलको रूपमा लुम्बिनी विश्वभर प्रसिद्ध छ, त्यसैगरि काखैमा रहेको मर्चवार क्षेत्रको धार्मिक तथा पूरातात्विक सम्पदाको विकास र संरक्षणमा गरिएको कुनै पनि पहलले न केवल स्थानीय समुदायलाई फाइदा पुर्याउँछ, अपितु विश्वभरका बौद्ध धर्मावलम्बी, अध्येता र पर्यटकहरूको लागि पनि महत्वपूर्ण छ। उत्खनन् र अनुशन्धान बिना कुनैपनि स्थानको सत्य–तथ्य यकीनका साथ भन्न नमिल्ने हुनाले मर्चवारी गाउँपालिकाले साझेदारी गर्न चाहेमा पहिचान कार्यका लागि लुम्बिनी बिकास कोषले सक्दो सहयोग गर्न तयार रहेको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.