logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पञ्चकन्या स्टीललाई ग्रीनप्रो प्रमाणपत्र


    १० असार २०८१ , आइतबार

    पञ्चकन्या स्टीललाई ग्रीनप्रो प्रमाणपत्र

    लुम्बिनीखबर

    भैरहवा, ९ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा संचालित पञ्चकन्या स्टील प्रालिबाट उत्पादित ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । जुन कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि रहेको महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।

    कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ– सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर भएको महाप्रब्न्धक साहुले बताए ।

    ग्रिनप्रो इकोेलेबललाई ग्लोबल इकोेलेबललिङ नेटवर्क (जीइएन)द्वारा जेनिसेशको अन्तर्देशीय रूपमा समन्वित इकोेलेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ । ‘ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउँछन् । यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुन्छ, स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्दछ र विषाक्त पदार्थहरू हटाएर सुरक्षालाई सुनिश्चित गर्दछ’, साहुले भने ।

    संरचनात्मक डिजाइनरहरूको लागि यी उच्च गुणस्तरका फलामे डण्डीहरूले राम्रो डिजाइनलाई सहयोग प्रदान गर्छ भने टिकाउपना बढाउँछ, विश्वास जगाउँछ र निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउँछ । ‘निर्माताहरूका लागि ग्रीनप्रो प्रमाणपत्रले उत्पादनहरूलाई प्रतिस्पर्धीहरूबाट फरक पार्दछ, नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ, स्रोत संरक्षण बढाउँछ र वातावरणीय उत्कृष्टता कायम गर्दछ’, साहुले भने ।

    उनले सम्पूर्ण पञ्चकन्या परिवार यो मान्यताबाट अत्यन्त गौरवान्वित भएको सुनाए । ‘जसले नवप्रवर्तन र उत्कृष्टताप्रति समूहको निरन्तर प्रतिबद्धतालाई प्राथमिकतामा राखेको छ । पाँच दशकभन्दा बढीको अनुभवसहित पञ्चकन्या समूहले दिगो उत्पादन र अभ्यासका लागि नयाँ मापदण्डहरू स्थापित गर्दै उद्योगलाई नेतृत्व गर्न जारी राखेको छ, गुणस्तर र वातावरणीय जिम्मेवारीलाई हातेमालो गर्दै बजारको सुनिश्चित गरिरहेको छ’, साहुले भने । पञ्चकन्या समूहले वातावरणीय उत्तरदायित्व र गुणस्तरलाई प्राथमिकता दिँदै भविष्यमा पनि आफ्नो नवप्रवर्तनशील उत्पादनहरू र दिगो विकासको लक्ष्यप्रति दृढ रहने जनाएको छ ।

    पञ्चकन्या स्टीलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू तिलोत्तमास्थित कोटिहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको र यसले नेपालमा हरित क्रान्तिलाई योगदान दिने कम्पनीले बताएको छ ।

    पञ्चकन्या समूहले नेपालमा स्टील, प्लास्टिक, निर्माण सामग्री उत्पादन गर्छ भने जलविद्युतमा समेत काम गर्दै आइरहेको छ । ‘समूह दिगोपन र नवप्रवर्तनमा प्रतिबद्ध छ, जसले नेपालको आर्थिक वृद्धि र वातावरणीय स्वास्थ्यमा योगदान पुर्याउन कटिबद्ध भएर काम गरिरहेको छ’, उनले भने ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.