logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रोहिणी गापा ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा


    ११ असार २०८१ , सोमबार

    रोहिणी गापा ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा

    रोहिणी, १० असार । रुपन्देहीको रोहिणी गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ मुनीका सम्पूर्ण बालबालिकाहरुलाई पूर्ण खोप लगाएको सुनिश्चितता दिगोपना घोषणा गरिएको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीले बताए । पालिकामा आयोजित कार्यक्रमकाबीच घोषणा गरिएको उनले बताए । उनले भने, ‘शून्यदेखि १५ महिनासम्म र १६ देखि ५९ महिनामुनीका सबै बालबालिकाहरूले खोप लगाइसकेको सुनिश्चित गरिएपछि रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको हो ।’

    पूर्ण खोप पालिका घोषणा र दिगोपनाको अवस्थाको समीक्षा गर्ने, पालिकास्तरीय खोप सुक्षम योजना, दिगोपनाको योजना बनाउने र पूर्ण खोप सुनिश्तिताको लागि स्थानीय तह स्वास्थ्य संस्था र अन्य साझेदार तहको भूमिकामा साझेदारी र जिम्मेवारी बाँडफाँड गर्ने पूर्ण खोप सुनिश्चितता दिगोपनाको उद्देश्यहरु रहेको वहाँले जानकारी दिनुभयो ।
    कार्यक्रममा रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाका जायज माग पूरा गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । वहाँ भन्नुभयो, ‘मैले स्वास्थ्यकर्मीको समस्या बुझेको छु । स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन तपाईहरु सबैको अमूल्य योगदान छ । विभिन्न समस्याका बाबजुद राम्रोसँग काम गर्नुभएको छ । तपार्इँहरु धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले रोहिणीलाई स्वास्थ्य क्षेत्रमा अघि बढाउन सबैको भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो ।

    रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले स्वास्थ्य नै धन भएको बताउनुभयो । वहाँले बालबालिकालाई खोप लगाउने कार्यमा खट्ने सबैलाई धन्यवाद दिनुभयो । वहाँले वडा नम्बर ६ मा आधारभूत स्वास्थ्य चौकीको आवश्यकता रहेकोमा जोड दिनुभयो । स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले स्वास्थ्यकर्मीका जायज माग पालिकाले सम्बोधन गर्ने अपेक्षा गर्नुभयो । वहाँले पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नु मात्र ठूलो कुरा नभएकोले पूर्ण खोपको अवस्था कायम राख्नु महत्वपूर्ण रहेको बताउनु भयो ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि रोहिणीलाई पूर्ण खोपको अवस्था कायम राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बगहा स्वास्थ्य चौकी इञ्चार्ज बुद्धि प्रसाद पन्त, सिनियर अहेव रमेश चौबे, पूर्णबहादुर कंवरलगायतले भनाइ भनाई राख्नुभएका थिए । स्वास्थ्य प्राविधिक रेनुका पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.