अन्जना चौहान, लुम्बिनीखबर
लुम्बिनी,११ असार । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले सोमबार नगरपालिकाको १३ औँ नगर सभाले आर्थिक वर्ष २०८१।०८२ का लागी १ अर्ब ९० करोड ३३ लाख ८४ हजार बजेट विनियोजन गरेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले प्रस्तुत बजेटमा संघबाट समानीकरण अनुदान १७ करोड ५० लाख चालु तर्फ रु.३५ करोड ७ लाख ९ हजार पुँजिगत तर्फ ५ करोेड ४लाख ४२ हजार राजश्रव वाडफाट तर्फ १५करोड ३१ लाख समपुर अनुदान तर्फ ६०लाख सरकारबाट समानीकरण अनुदान तर्फ१ करोड २५ लाख ६९हजार अनुदान तर्फ चालू १० लाख अनुदान तर्फ पुजीगत १०करोड ५ लाख समपुरक अनुदान तर्फ १० करोड ५लाख राजश्रव वाँडफाड ७५लाख ६४हजार अनुमान जिल्ला समन्वय समितिबाट ८२लाख मात्र आन्तरिक श्रोत तर्फ ४करोड ७६ लाख साथै अल्या बैक मौज्दात ४करोड सडक बोड तर्फ ४० लाख मालपोतबाट घर जग्गा रजिस्ट्रेशन बापत १करोड ७०लाख एसियाली विका बैक यु आई पि श्रोत ७५करोड ६९लाख २५हजार नगर विकास कोष तर्फ १७ करोड ४५ लाख ९० हजार एसियाली विकास बैक आन्तरिक श्रोत ७करोड ७६ करोड ८५ लाख गरि जम्मा १ एक अर्व ३३ करोड ८४ लाख खर्च हुने अनुमान गरिएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका जनतालाई नगरको उदेश्य अनुसार सेवा प्रदान गर्न तथा क्षेत्र र कार्य सञ्चालन गर्नका लागी लुम्बिनी बसपार्क निमार्ण रु.१५ करोड प्रशासनिय भवन निर्माण र सोको लागि पहुच बाटो फटपाथ र १९करोड ५० लाख , ग्लोबल पार्क निर्माण १७करोड लुम्बिनी विभिन्न रोड तथा पहुँच बाटो निर्माण ४४करोड ७६ लाख बन्जरही चोक अजम सम्म सडक बाटो निर्माण १करोड २०लाख मोगलहा देखि सरसफाइ अध्ययन केन्द्र र हरित पार्क जाने बाटो निर्माण २ करोड १०लाख खुनगाई चोक देखि पुर्व वडा कार्यालय सम्म नालि सहित आर सि सि ढलान लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न १ रुपन्देही ४० लाख सुकन्या विमा धन योजना ३५ लाख वडा न ६ कार्यालय भवन निर्माण ९२ लाख वडा न १ वडा कार्यालय निर्माण ४३ लाख वडा न ९ कार्यालय निर्माण ४३ लाख वडा न ११ वडा कार्यालय भवन निर्माण ४३ लाख वडा न १२ वडा कार्यालय निर्माण ६२ लाख ध्यान कक्ष निर्माण ३६ लाख प्रशासनिय खर्च तर्फ १९ करोड ७४ लाख ७६ हजार वडा कार्यालय तर्फ हरेक वडामा १करोड नगरपालिका तर्फ ३करोड ५० लाख विषयगत शाखाका लागि । १करोड ७०लाख मुख्य कार्य योजना रहेको
लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमान उपमेयर कल्पना हरिजन ,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,वडाअध्यक्षहरु,कार्यापालिका सदस्यहरु,वडासदस्यहरु,केही कर्मचारी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।