logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    महिलाहरू सबै क्षेत्रमा अब्बल हुन जरुरी ः मुख्यमन्त्री महरा


    १३ असार २०८१ , बुधबार

    महिलाहरू सबै क्षेत्रमा अब्बल हुन जरुरी ः मुख्यमन्त्री महरा

    लुम्बिनीखबर
    दाङ (देउखुरी), १२ असार । राष्ट्रिय महिला आयोगले लुम्बिनी प्रदेश सभाका नीतिगत विषयमा प्रदेश सभाको संसदीय समितिका सभापति र महिला सांसदहरू संग अन्तरक्रिया गरेको छ ।
    मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लुम्बिनी हलमा भएको कार्यक्रमका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगलाई सक्रियतापुर्वक काम गर्नका लागि आग्रह गर्नुभयो ।

     
    उहाँले संघीय सरकारलाई नीति नियम निर्माणमा पनि यस्ता छलफल तथा अन्तरक्रियाले सहयोग पुग्ने भन्दै त्यसतर्फ राष्ट्रिय महिला आयोगले पहलकदमी लिनुपर्ने सुझाव दिनुभयो ।
    नेपालमा विभिन्न आन्दोलन तथा जनयुद्धले सवै क्षेत्रमा जागरुकता ल्याएको छ । मुख्यमन्त्री महराले भन्नुभयो, ‘ महिलालाई सवै क्षेत्रमा सक्षम बनाउनका लागि राष्ट्रिय महिला आयोगले भूमिका खुल्न जरुरी छ ।’
    नेपालमा अहिले महिलाहरू घरयासी कामकाजमा बढि व्यस्त भएको देखिन्छ । उनिहरुलाई सम्पत्तिमा पनि समान वितरणको अवसर प्रदान गर्नका सहजीकरण गर्न जरुरी भएको मुख्यमन्त्री महराले बताउनुभयो ।
    अन्तरक्रिया गरेर , सुझाव लिएर , संघीय सरकारलाई नीति नियम निर्माणमा सहयोग पुराउनु पर्दछ । महिलाहरूलाई सवै क्षेत्रमा सशक्तीकरण बनाउनका लागि प्रभावकारी भूमिका खेल्न सवैले सहयोग गर्न जरुरी रहेको मुख्यमन्त्री महराको भनाई रहेको थियो ।
    पछिल्लो समय नेपालमा महिलाहरू राजनीति र विचारमा अगाडि आएका बताउँदै मुख्यमन्त्री महराले उनिहरुलाई आर्थिक आय आर्जनमा पनि सहयोग पुराउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
    राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलालाई सशक्तीकरण गर्नका लागि प्रदेश सरकारले थालनी गरेको भन्दै मुख्यमन्त्री महराले राष्ट्रिय महिला आयोगले लुम्बिनी प्रदेश सभाका महिला सांसदबाट आएका सुझावलाई समेटेर नीति नियम निर्माणमा सहयोग गर्नका लागि अनुरोध गर्नुभयो ।
    नेपालमा समावेशी र समानताका लागि महिला आयोगले नेपालको संविधानमा टेकेर काम गर्नुपर्ने लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले बताउनुभयो ।
    अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्ती मगरले समाजमा देखिएको विभिन्न विभेदको अन्त्यका लागि राष्ट्रिय महिला आयोगले अभियान चलाउनु पर्ने सुझाव दिनुभयो ।
    उहाँले राष्ट्रिय महिला आयोगले आफ्ना कार्यक्रमहरू गर्दा देशका सातै प्रदेश सभा सँग सहकार्य गरेर नीति नियम निर्माण गर्दा उपलब्धीमूलक हुने धारणा राख्नुभयो ।
    अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले नीति निर्माण तहमा महिला नेतृत्वलाई परेका समस्यालाई लिपिवद्ध गरि समाधानको मार्गमा राष्ट्रिय महिला आयोग जानुपर्ने बताउनुभयो ।


    उहाँले महिलाहरूका हक ,अधिकार र कानुनी जटिलतामा देखापरेका समस्यालाई समाधानका लागि प्रदेश सरकार सँग सहकार्यका लागि पनि राष्ट्रिय महिला आयोग संग आग्रह गर्नुभएको छ ।
    लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री कृष्णा के.सी. ले संविधानमा भएका कुरालाई लागू गर्नका लागि सबै निकायले सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
    उहाँले आफ्नो घरपरिवारबाट नै छोराछोरी बिचमा हुने विभेदको न्यूनिकरणका लागि आफूले आफैबाट पहल गर्न जरुरी गरेको धारणा राख्नुभयो ।
    छोरीलाई विवाह गरेर पठाउँछौँ, त्यस्तै बुहारी विवाह गरेर ल्याउँछौँ भन्दै मन्त्री के.सी. ले छोरी र बुहारीलाई समान दृष्टिकोणमा राखेर हेर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
    राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले नेपालका सबै प्रदेशका प्रदेश –महिला) सांसद संग प्रत्यक्ष रुपमा छलफल गर्दै आइरहेको जानकारी दिनै नीतिगत रुपमा काम गर्न सहज भएको बताउनुभयो ।
    उहाँले समाजमा अहिले पनि महिला पुरुष बिच ठुलो विभेद भएको भन्दै त्यसको न्यूनिकरणका लागि जनप्रतिनिधिहरू सँग राष्ट्रिय महिला आयोगले सहकार्य गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
    अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभा नीतिगत विषयका प्रदेश सभा संसदीय समितिका सभापतीहरु र महिला सांसदहरूको उपस्थित रहेको थियो । उपस्थित सभापति तथा महिला सांसदहरुले राष्ट्रिय महिला आयोगले गर्नुपर्ने विषयमा आफ्नो धारणा तथा सुझाव राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.