logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    बुवाको सम्झनामा स्ववियु अध्यक्षद्वारा खेलकुद सामग्री वितरण


    १४ असार २०८१ , बिहिबार

    बुवाको सम्झनामा स्ववियु अध्यक्षद्वारा खेलकुद सामग्री वितरण

    भैरहवा, १३ असार । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले आफ्नो बुवाको सम्झनामा खेलकुद सामग्री वितरण गर्नुभएको छ । न्यौपानेले आफ्ना बुवा स्वर्गीय खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई १ थान ब्याट, १ थान फुटबल, चेस सेट, लुडो, क्रिकेट बल लगायतका सामग्री हस्तान्तरण गर्नु भएको हो ।

    पढाईसँगै विद्यार्थीहरुलाई खेलकुदको पनि आवश्यकता भएको कुरालाई मध्यनजर गर्दै आफूले संस्कृत विद्याश्रमलाई खेलकुद सामग्री प्रदान गरेको वहाँले बताउनु भयो । वहाँको अनुसार, ‘मैले दिएका सामग्री प्रयाप्त नहुन सक्छ । तर, यसले खेलकुद गतिविधिलाई अघि बढाउन केही भए पनि सहयोग पु¥याउने अपेक्षा लिएको छु ।’ वहाँले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिँदै जाने बताउनु भयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.