logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    एसइई उत्तीर्ण विद्यार्थीलाई काशीले ग¥यो बधाई तथा सम्मान


    २१ असार २०८१ , बिहिबार

    एसइई उत्तीर्ण विद्यार्थीलाई काशीले ग¥यो बधाई तथा सम्मान

    लुम्बिनीखबर
    भैरहवा, २० असार । काशी नोबल एकेडेमीले सिद्धार्थनगरले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा बधाई गरेको छ ।
    विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई कार्यक्रम गरेको हो ।
    सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले काशी नोबल एकेडेमी नगरकै एक सफल विद्यालय भएको बताउनुभयो । उहाँले राम्रो नतिजा ल्याउनमा विद्यालयको व्यवस्थापन र शिक्षकहरुको असल भूमिका रहेको जिकिर गर्नुभयो ।
    प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले विद्यार्थीहरुले ८०–९० अंक ल्याउदैमा विद्यार्थीहरु व्यवहारमा सफल नहुने र उनीहरुको शिक्षा व्यवहारिक हुनुपर्ने सुझाव दिनुभयो । उहाँले एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुले आफ्नै घर आगनको विद्यालयमा उच्च शिक्षा लिनु पर्ने समेत बताउनुभयो ।
    काशी नोबल एकेडेमीका अध्यक्ष ओम जैसीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिदै अनुत्तीर्ण विद्यार्थीहरुलाई आतिनु नहुने भन्दै पुन प्रयासका लागि अनुरोध गर्नुभयो ।


    कम नम्बर आउदैमा, परीक्षामा असफल हुँदैमा निरासा तथा आत्महत्या गर्ने कार्य समाजका लागि दुःखद भएको भन्दै सफल हुनका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।
    काशी नोबल एकेडेमी २०५२ सालमा स्थापना भएको हो । यस विद्यालयले ३० जना विद्यार्थी र ३ जना शिक्षकबाट सुरु गरी हाल १३५० विद्यार्थी र ६० जना शिक्षकले काम गरिरहेको काशी नोबल एकेडमीको सुनचा शाखाले जनाएको छ ।
    भैरहवा क्षेत्रको उत्कृष्ट विद्यालयको श्रेणीमा पर्ने काशी नोभलले आगामी दिनमा पनि व्यवहारीक र गुणस्तर शिक्षालाई प्राथामिकतामा राखेर काम गर्ने स्कुलका सहप्राचार्य श्री रायमाझीले बताउनुभयो ।
    २०७९ सालको एसइईमा रुपन्देही जिल्ला टप गर्न सफल यो विद्यालयले विद्यार्थीहरुलाई समाजसँग जोडेर प्राध्यापन गर्ने गरेको छ । यस वर्ष पनि नगर प्रथम काशी नोबलका विद्यार्थी नै भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.