भैरहवा, ३१ असार । आईसीएफसी फाइनान्स लिमिटेड भैरहवा शाखाले भैरहवा स्थित रुपन्देही क्याम्पसमा अध्ययनरत छात्रछात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । फाइनान्सको २० औं वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमकाबीच सामाग्री हस्तान्तरण गरेको भैरहवा शाखा प्रमुख विशाल बस्नेतले जनाउनु भयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ४ सय बढी छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको बस्नेतले जानकारी दिनु भयो । आईसीएफसीले विभिन्न विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको वहाँले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि आईसीएफसी फाइनान्स लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अमृत शर्माले फाइनान्सले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिँदै आएको बताउनु भयो । कार्यक्रममा फाइनान्सका कर्मचारी, रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । आईसीएफसीले २१ वटा शाखामार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।