ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, १९ साउन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ बडसारबाट भन्सार छलेर ल्याउदंै गरेको ३३ लाख रुपैयाँ बढीको मोबाइल बरामद गरेको छ ।
सरावल गाउँपालिका वडा नं. ४ बटसारबाट ३३ लाखको मोबाईल सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हरपुरले समातेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हरपुरले ३३ लाख रुपैयाँ बढी मूल्यको मोबाइलहरु भारतबाट भन्सार छलेर ल्याउँदै गरेको समयमा सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा गएको ५ जनाको टोलीले मोबाइल नियन्त्रणमा लिएको हो ।
भारतीय मोटरसाईकलमा चढेर आएका व्यक्तिले झोलामा राखेर लैजाँदै गरेको ४० थान आईफोन र ४८ थान पोको नामक ब्रान्ड मोबाइल गरी ८८ पिस बरामत गरि उक्त मोबाइलको मूल्य अन्दाजी ३३ लाख बराबरको मोबाइल बरामद गरी भन्सार कार्यालय महेशपुर बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हरपुरमा नयाँ डि.एस.पी विष्णु अधिकारी आएसँगै सात दिनभित्र ४० लाख बराबरको तस्करीको सममान बरामद भएको हो ।
त्यस्तै गरी आएको दोस्रो दिनमा पाल्हीनन्दन गाउँपालिका वडा नं. २ भक्सीपुरबाट ३ लाख बराबरको चाइनिज लेहसुन नियन्त्रणमा लिएको थियो भने त्यही दिन भक्सीपुरबाट ४ लाख बराबरको कुखुरा नियन्त्रणमा लिएको डिएसपी अधिकारीले जानकारी दिएका छन् ।
पछिल्लो पटक नवलपरासी जिल्लाका सीमावर्तीमा पर्ने सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा हरपुरमा सरुवा भई आउनुभएको डिएसपी अधिकारीले सात दिनभित्र ठूलो मात्रामा लेहसुन, कुखुरा र मोबाइल गरी ४० लाख बराबरको समान महेशपुर भन्सार कार्यालयमा आवश्यक कारवाहीको लागि पठाएको डिएसपि अधिकारीले बताएका छन्।
सशस्त्र प्रहरीको सक्रियतासँगै दैनिक प्रयोगमा आउने समान चिनी, लत्ताकपडा, किराना समान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स सहितका अवैध समान बरामद हुन थालेका छन् ।
विशेष गरी रातको समयमा गस्ती बढाएर निगरानी गरिरहेका बेला सशस्त्र प्रहरीलाई छक्काएर बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थालेपछि अहिले विशेष टोली खटाएर नियन्त्रणमा लागि परेको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हरपुरले जनाएको छ ।
चोरी तस्करी बढेको गुनासो पछि सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हरपुरले समेत सीमा क्षेत्रमा पैदल र सवारी गस्तीलाई बढाएर निगरानी बढाएको छ ।