लुम्बिनीखबर
भैरहवा । लुम्बिनीखबर पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थामा कार्यरत तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
पत्रिकाको मङ्गलबार भएको भव्य वार्षिकोत्सव समारोहमा पत्रिका र टेलिभिजनका तीन पत्रकारलाई सम्मान गरेको हो । सम्मान हुनेमा लुम्बिनीखबर पत्रिकाबाट रुबिना थापा, समता टेलिभिजनबाट प्रशंसा भण्डारी र नवलपरासी शाखाका प्रमुख ज्ञानेश्वर सहानीलाई नगद सहित प्रशंसापत्रबाट सम्मान गरेको हो । लुम्बिनीखबर पत्रिका र समता टेलिभिजन भैरहवाबाट सञ्चालन हुने सञ्चार माध्यम हुन । यी सञ्चार माध्यम लुम्बिनी खबर संचार गृह प्रा.लि द्वारा सञ्चालित छन् ।