logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा खुल्ला तीज प्रतियोगिता सम्पन्न


    २४ भाद्र २०८१ , सोमबार

    लुम्बिनीमा खुल्ला तीज प्रतियोगिता सम्पन्न

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २४ भाद्र । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा नेपाली नारीहरुको महान चार्ड हरितालिका तिजको अवसरमा बिहिवार खुल्ला तिज प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रम लुम्बिनी विकास कोषको अन्तर्राष्ट्रिय ध्यान केन्द्र महिलाहरुलाई सहभागी गराई प्रतियोगिता गरिएको ।
    कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर उपप्रमुख कल्पना हरिजन अध्यक्षतामा गरिएको थियो । नगर उपप्रमुख हरिजनाका अनुसारर्– देशभित्रका नेपालीले मात्र होइन, बाहिरकाले पनि यो अवसरको उपयोग गरिरहेका छन । अनेकतामा एकता रहेको नेपालमा मनाइने चाडपर्वहरूले पारिवारिक एवं सामाजिक सम्बन्ध मजबुत बनाउने काम गरेका छ । यस्ता विविध चाडपर्वले समाज, संस्कृति तथा परम्परालाई पुस्तान्तरण गर्दै आएको छ । प्रत्येक चाडपर्व मनाउनुका पछाडि धार्मिक तथा वैज्ञानिक कारण छन । तीज नेपाली नारीको विशेष पर्व हो । ’
    नगर उपप्रमुख हरिजनले भन्नुहुन्छर्, तीज पर्व नेपाली नारी÷चेलीहरुले मनका भावना एवं सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन हो । यो चाडमा माइतीले छोरी.चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार (दर) खाने खुवाउने र एकै ठाउँमा बस्ने परम्परा छ । छोरीचेली पनि तीज आउन लाग्यो माइती जाने समय भयो भनेर आफ्ना घरको व्यवस्थापन गर्दै माइत जाने हर्षमा बसेका पाइन्छ ।’
    आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सामाजिक सद््भाव, मेलमिलाप एवं समाजका विकृति, विसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आएको प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली ले बताउनुभयो ।
    खुल्ला प्रतियोगितामा देखिएका घट्ना, विकृति विसङ्गतिहरुलाई गीतको रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख उद्देश्य पर्व मनाउनका साथै जनचेतन जगाउन रहेको आयोजक स्रोतले जनाएको छ । गीतको माध्यमबाट प्रस्तुती आम सबैलाई जागरुप बनाउने र सबैलाई समान दृष्टिकोणले हेर्ने थियो ।
    नगरस्तरीय खुल्ला प्रतियोगिता कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका भित्रका चार समुह भाग लिएका थिए । लुम्बिनी साँस्कृतिक नगरपालिका महिला कर्मचारीहरुको समुह, तेनुहवा सामुदायिक माध्यमिक विद्यालयका शिक्षिकाहरुको समुह, मायादेवी प्रगतिशील आमा समुह र बोधि इन्ट्रनेशनल मन्टेश्वरीका शिक्षिकाहरुको समुह सहभागी भएका थिए ।
    कार्यक्रममा शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली, वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोध, बोधि मनटेश्वरी प्रिन्सिप उपेन्द्र अधिकारी लगायतले स्वागत मन्तव्य राखेका थिए ।
    लुम्बिनी साँस्कृतिक नगरपालिका महिला कर्मचारीहरु समुहले महिला हिसां विरुद्ध गीतको प्रस्तुती गरेका थिए, तेनुहवा सामुदायिक माध्यमिक विद्यालयका शिक्षिकाहरुको समुहले सामाजिक समस्या आधारित गीत प्रस्तुत गरका थिए । मायादेवी प्रगतिशील आमा समुहले २०८१ मा भएको नेपाल अन्तर्राष्ट्रिय देखि स्थानीय तहसम्म भएको घटनालाई गीतको माध्यमबाट सचेत गराएका थिए भने बोधि इन्ट्नेशलन मन्टेश्वरीका शिक्षिकाहरुको समुहले बुद्ध, बाल विवाह र दाईजो प्रथालाई जोडदैं गीत प्रस्तुत गरेका थिए ।
    कार्यक्तममा अतिथि वडा नं. १ देखि १३ सम्मको वडाअध्यक्षहरु, नायक समिति अहमद मुसलमान, सामान्य शाखा प्रमुख तुलसी लामेछाने, राष्ट्रिय लोक दोहरि गायक रुपन्देहीका सदस्य सुरेश परियार, लुम्बिनी सशस्त्र प्रहरी बलका शितल शेरेट, स्वास्थ्य महिला कर्मचारी, विभिन्न संघ संस्था महिलाहरु तथा किशोरीहरु समूह उपस्थिति रहेको थियो ।
    कार्यक्रम बोधि इन्ट्नेशलन मन्टेश्वरीका शिक्षिकाहरुको समुहले प्रथम, मायादेवी प्रगतिशील आमा समुहले द्वितीय, लुम्बिनी साँस्कृतिक नगरपालिका महिला कर्मचारीहरु समुहले तृतीय र तेनुहवा सामुदायिक माध्यमिक विद्यालयका शिक्षिकाहरुको समुहले चौथो स्थान हासिल गरेका थिए । प्रथम विजेता समुहलाई बीस हजार नगर, द्वितीय विजेता समुहलाई पन्ध्र हजार नगद, तृतीय विजेता समुहलाई दस हजार नगद र चौथो समुहलाई पाँच हजार नगद सहित सबैलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.