logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    अध्यागमन र सुविधाका लागि धर्ना कार्यक्रम


    २४ भाद्र २०८१ , सोमबार

    अध्यागमन र सुविधाका लागि धर्ना कार्यक्रम

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २४ भाद्र । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय पर्यटकलाई अध्यागमन र सुविधाका लागि धर्ना कार्यक्रम गरिएको हो ।
    लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी छोटी भन्सार कालीदहमा आगन्तुक पर्यटकहरुले झेल्नु परेको समस्याको विषम ४ घण्टाको धर्ना कार्यक्रम गरिएका हो ।
    लुम्बिनीबासीहरूको आयोजनामा गरिएको धर्ना कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.–३ का वडा सदस्य अहम्मद हुसेन खानको नेतृत्वमा गरिएको थियो ।
    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.– ३ सदस्य अहमद हुसेन मुसलमानका अनुसारर्– पहिला लुम्बिनी छोटी भन्सार कार्यालयमा भारतीय पर्यटकीयहरूलाई गौतम बुद्ध जन्मस्थलमा भ्रमण गर्न आउनेहरुलाई भन्सार निःशुल्क गरिएको थियो तर कोरोनाकालपछि भारतबाट आएको गाडीको भन्सार लागेको छ । बेलहिया नाका देखि भैरहवासम्म आउने भारतीय गाडीहरुलाई सुविधा जस्तो किसिमको सुविधा छ । त्यसरी नै लुम्बिनीमा पनि सुविधा हनुपर्छ ।
    धर्ना कार्यक्रममा समाजसेवी युवाहरु तथा लुम्बिनीबासिहरुले बेलहिया नाकादेखि भैरहवा, जनकपुर, कपिलवस्तु नाकाहरुमा सुविधा रहेको तर लुम्बिनी छोटी भान्सारको कुनै सुविधा नरहेको बताए । पर्यटकका लागि तोकिएको शुल्क र सुविधा यस नाकामा पनि हुनुपर्ने जोडदार माग छ ।
    शान्तिका अग्रदुत गौतम बुद्व जन्मस्थल जस्तो पवित्र ठाउँमा विभिन्न बहानामा पर्यटकहरुले झेल्नुपरेको समस्यालाई समाधान गर्नु पर्ने उनीहरुको माग छ ।
    यो भन्सारबाट आगन्तुकहरु नआउदाँ यहाँका पर्यटन व्यवसायी होटल मारमा परेको एक होटल व्यवसायीले बताएका छन् । व्यवस्थित र सुविधायुक्त तरिकाको भन्सार कार्यालय नहुँदा ब्यापारीहरुले समेत मारमा परेको छन् ।
    धर्ना कार्यक्रम एक हप्ता सम्म विभिन्न निकायमा गर्ने र ज्ञापनपत्र बुझाउने बताएका छन् । कुनै जवाफ नआएमा शान्तिपूर्ण धर्ना कार्यक्रम अगाडि बढाउने नै बताएका छन् ।
    धर्ना कार्यक्रममा लुम्बिनीबासिहरुका साथै भारतबाट आउने भारतीय मानिसहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रम पश्चात लुम्बिनी छोटि भान्सार कार्यलयमा ज्ञापन पत्र बुझाइएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.