logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    अनुमति लिई मात्र खाद्य पदार्थको पैठारी गरौं ः कार्यालय प्रमुख झा


    १० असोज २०८१ , बिहिबार

    अनुमति लिई मात्र खाद्य पदार्थको पैठारी गरौं ः कार्यालय प्रमुख झा

    रुबिना थापा । झब्बर यादव
    भैरहवा, १० असोज । रुपन्देही जिल्लामा पर्ने भैरहवा भन्सार कार्यालय बेलहिया नेपालको दोस्रो भन्सार कार्यालय हो । यो कार्यालय बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारमा पर्ने सिद्धार्थनगर नगरपालिकाको सीमानामा अवस्थित छ ।
    यस भन्सारमा विभिन्न किसिमका मालवाहक सवारी साधनहरु आउने गर्दछन् । भन्सारमा मालवाहक सवारी साधनहरु आलु, प्याज, चिनी, गुलियो हालेको खाद्य पदार्थ तथा तरकारीहरु दैनिक आउने गर्दछ ।
    भन्सार कार्यालयमा पैठारी हुने खाद्यबस्तुहरु परीक्षणका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा आउने गरेको कार्यालयका प्रमुख रविन्द्र झा ले बताउनुभयो ।
    खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका प्रमुख झा ले भन्नुहुन्छ,–‘‘कुनै पनि खाद्य पदार्थहरुको पैठारी गर्नुअघि परीक्षण गराई स्वीकृति लिएर मात्र गर्नुपर्छ । खाद्य पदार्थ भनेको तरकारी तथा फलफुल मात्र नभई चामल दाल पनि पर्छ । तरकारी तथा फलफुलमा विभिन्न किसिमका रोग लाग्ने भएकोले परीक्षण गराएर मात्र आयात निर्यात गरेमा मानवीय स्वस्थलाई ठूलो सहयोग हुन्छ ।’’
    खाद्य पदार्थहरुको गुणस्तर चेकजाँच, स्वीकृति तथा नाकामा प्रवेश अनुमति नलिई खाद्य पदार्थ पैठारी गरेको पाइएमा कानुन अनुसार कारबाही समेत हुने जनाएको छ ।
    ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि स्वीकृति प्राप्त गरी पैठारीको लागि प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य प्रावधान रहेको कार्यालय प्रमुख झा ले बताउनुभयो ।
    सम्पूर्ण खाद्य पदार्थहरूको पैठारी गर्नुअघि विभागबाट स्वीकृति लिई मात्र आयात गर्ने र भन्सार नाकामा आए पछि मात्र भन्सार नाका स्थित विभाग अन्तर्गतका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुपर्ने कार्यालय प्रमुख झा ले जानकारी दिनुभयो ।
    कार्यालयका प्रमुख झा का अनुसार खाद्य आयात निर्यात कार्यालयको मुख्य कार्य खाद्यबस्तुको गुणस्तर प्रमाणिकरण नै हो । भन्सार कार्यालयमा नेपाल, भारत तथा अन्य तेस्रो मुलुकबाट पैठारी हुन आउने खाद्यबस्तुहरुलाई परीक्षण गरी आयात निर्यातका लागि प्रमाणिकरण गर्नु हो ।
    भारत तथा अन्य तेस्रो मुलुकबाट भन्सारमा आएका खाद्यबस्तुको नमुना सङ्कलनलाई चेकजाँच तथा विश्लेषण गरि रिपोर्ट गरी भन्सार कार्यालयले खाद्य प्रमाणिकरणका लागि यस कार्यालयमा पठाउने गरेको कार्यालय प्रमुख झा ले बताउनुभयो ।
    कार्यालयका प्रमुख झाले भन्नुहुन्छ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा खाद्य बस्तुलाई अप्रशोधित, अर्धप्रशोधित तथा पूर्णप्रशोधित गरी व्याख्या गरिएको छ । हाल अप्रशोधित खाद्यबस्तुलाई चेकजाँच नगरि भन्सारबाट पैठारी गरिरहेको छ । यसमा चामल , दाल, सोयाविन, सुख्खा तरकारी, सुख्खा फलफुललाई ऐनले समेटेको छ । नेपाल सरकारले मापदण्ड बनाएको छ तर यहाँको भन्सार कार्यालयले विना चेकजाँच खाद्यबस्तुलाई पठाइरहेको देखिन्छ । त्यसकारण आफूहरुलाई खाद्य ऐन कार्यान्वयनमा समस्या परेको छ । खाद्य स्वच्छताको हिसाब जनस्तरकोस्वस्थमा असर परेको छ ।
    कतिपय खाद्यबस्तुहरुको नमुना उपलब्ध नभएको हुँदा चेकजाँन विना नै खाद्य बस्तु आयात निर्यात भएको छ । यसका लागि आफू भन्सार कार्यालयलाई बारम्बार झकझकाइरहेको बताउनुभयो । यसका लागि सबै खाद्य व्यवसायीहरुले, सहजकर्ताहरुले नमुना पठाएर चेकजाँच गराई मात्र खाद्य बस्तु आयात निर्यात गर्न आग्रह रहेको छ ।
    कृषकहरुले सयौं किसिमका विषादी प्रयोग गरेपनि दुई किसिमको विषादी मात्र भन्सारमा चेकजाँच गर्ने उपकरण रहेको छ ।
    कार्यालयमा विषादीयुक्त खाद्यबस्तु भेटिएमा नष्ट गछौं किनभने उपभोगताहरुले महगो पैसा तिरेर नराम्रो समान उपभोग गर्दा समस्या झेल्नु परेको बताउनुभयो ।
    कार्यालयको वार्षिक योजनालाई हेर्दा लक्ष्य अनुसार प्रगति शत प्रतिशत देखिएको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरणका लागि कार्यालयले बनाएको योजना अनुसार उपकरण खरिद ६, सरोकारवालासँग अन्तक्रिया कार्यक्रय २, आयात निर्यात प्रमाणिकरण ७ हजार, आयातित खाद्यबस्तुमा विषादीको अवशेष परिक्षण गर्ने २५ हजार मध्ये १७ हजार ३ सय ३१ रहेको र बाँकी शत प्रतिशत सफल भएको देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.