logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लियो क्लब अफ सिद्धार्थनगर बोहेमियन्स द्वारा वृक्षरोपण कार्यक्रम


    १४ असोज २०८१ , सोमबार

    लियो क्लब अफ सिद्धार्थनगर बोहेमियन्स द्वारा वृक्षरोपण कार्यक्रम

    लुम्बिनीखबर

    सिद्धार्थनगर, असोज। लियो क्लब अफ सिद्धार्थनगर बोहेमियन्स द्वारा रुपन्देही क्याम्पस भैरहवाको परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। 

    सोमबार लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको आर्थिक सहयोगमा तथा रुपन्देही क्याम्पसको समन्वयमा वृक्षरोपण कार्यक्रम गरिएको संयोजक लियो निशा बेल्बासे बताउनुभयो।

    सो वृक्षरोपण कार्यक्रममा क्याम्पसको परिसरभित्र विभिन्न किसिमका ५० भन्दा बढी वनस्पति वृक्षरोपण गरिएको संयोजक बेल्बासेले बताउनुभयो।

    लियो क्लब अफ सिद्धार्थनगर बोहेमियन्सका अध्यक्ष लियो सृजना कुँवर क्षेत्री को अध्यक्षता तथा रूपन्देही क्याम्पसका प्रमुख पाथीबेन्द्र उपाध्यायको प्रमुख अतिथ्यतामा गरिएको आयोजकले जनाएको छ। 

    कार्यक्रममा विशिष्ट अतिथि मिन  प्रसाद श्रेष्ठ, लियो क्लबका पदाधिकारी तथा साधारण सदस्यहरुको उपस्थितिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो। 

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.