अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, असोज । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ र ५ नम्बर वडामा पर्ने मुग्लहा चोकमा लुम्बिनिका समाजसेवी युवा द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ का समाजसेवी तथा युवा नेता वाजिहुद्दीन मुसलमानले ५ गतेशनिवार एक कार्यक्रमको आयोजना गरी खुल्ला रक्तदान कार्यक्रम गरेको हो।
” मानवताको सेवा नै जीवनकाे सर्वोतम कार्य हाे ।” भन्ने नाराकाे साथ खुल्ला रक्तदान कार्यक्रम पहिलाे पटक गरिएको हो।

मानिसलाई शल्यक्रिया, सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक परेको बेलामा रगतको आवश्यकता पर्दछ।
नेपालको विभिन्न अस्पतालमा रक्तको अभावले कतिपय बिरामीहरूले ज्यानसमेत गुमाएको सामाजिक सञ्जालमा दिनप्रतिदिन देखिएको छ।
रक्तको अभावले कुनै पनि बिरामीले ज्यान घुमाउन नपरोस् भन्ने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक समाजसेवी मुसलमानले बताउनुभयो।

समाजसेवी मुसलमानका अनुसार,-” शल्यक्रिया, सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत रक्तदान गरिएको रगत राख्ने र खाँचो परेकालाई रगत उपलब्ध गराइने छ। साथै गरिब, अतिविपन्न, असहायहरुलाई उपचारका लागि सहजीकरण हुनेछ । लुम्बिनी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका समाजसेवी मुसलमानले नगरपालिका म मात्र नभई कपिलवस्तु देखि भैरहवासम्म यस्ता कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।
मुसलमानले भन्नुहुन्छ- आगामीमा दिन यस्तै सामाजिक काम गर्नमा आफू हरबखत र हरदम जनताको साथ र सहयोगमा रहनेछु।
कार्यक्रममा २७ युनिट रगत संकलन गरिएको थियाे भने थिङकिङ रिच नेपालको सहकार्यमा सम्पन्न भएको हो।
