logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा देवान मनोनित


    १४ कार्तिक २०८१ , बुधबार

    लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा देवान मनोनित

    भैरहवा,  कार्तिक १४। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा रुपन्देहीका जैनुद्दीन देवान मनोनित भएका छन् ।

    संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले बिहीबार उनलाई सचिवमा मनोनयन गरेका हुन् । त्यस्तै रुपन्देहीका अजय कुमार जैसवाललाई लोकतान्त्रिक विद्यार्थी संघको उपाध्यक्ष तथा रुपन्देहीकै धिरज पाल, अमन बनिया, आकाश यादव र जीवन तिवारीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । अध्यक्ष मिश्रले संघको पदाधिकारी तथा सदस्यहरुमा विभिन्न जिल्लाका विद्यार्थी नेताहरुलाई मनोनयन गरेका छन् ।

    संघको संशोधित विधान अनुसार उनीहरुलाई मनोनयन गरिएको हो । योसँगै लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय कार्यसमिति १३३ सदस्यीय भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.