देशको ठुलो र पुरानो व्यावसायीहरुको संघ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित ९औँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१, यस क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । व्यापार, उद्योग र पर्यटनका लागि यो महोत्सव एउटा उत्साहप्रद थलो बन्नेछ ।
लुम्बिनी, भगवान बुद्धको जन्मस्थल, केवल धार्मिक पर्यटनका लागि मात्र नभई आर्थिक गतिविधिहरू प्रवर्द्धन गर्न पनि अद्वितीय सम्भावनायुक्त क्षेत्र हो। यस्तो परिवेशमा, महोत्सवले स्थानीय व्यापार, साना तथा ठूला उद्योगहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न, नयाँ अवसर सिर्जना गर्न र व्यवसायीहरूबीच सहयोग तथा साझेदारीका सम्भावनाहरू खुला गर्न मार्गप्रशस्त गर्नेछ ,
महोत्सवले यस क्षेत्रका उत्पादनहरूको प्रवर्द्धन, लगानीकर्ताहरूको ध्यान आकर्षण, तथा रोजगारीका अवसरहरू विस्तारमा टेवा पुर्याउनेछ । यो केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभएर स्थानिय अर्थतन्त्रलाई चलायमान बनाउने कडीको रूपमा स्थापित हुनेछ ।
यस महोत्सवलाई सफल बनाउन सबै तह र तप्काका जनताको सहकार्य आवश्यक छ । यसको प्रभावकारी व्यवस्थापन र आयोजना यस क्षेत्रको पहिचानलाई अझै उचाइमा पु¥याउन महत्वपूर्ण हुने विश्वास छ ।
यस महोत्सवले रुपन्देही क्षेत्रको समग्र आर्थिक विकासमा उल्लेखनीय योगदान दिने विश्वास लिएका छौँ। सबैलाई यस महोत्सवमा सहभागी हुन आह्वान गर्दछौँ ।
यस महोत्सवले रुपन्देही क्षेत्रमा मात्रै नभई समग्र नेपालमै आर्थिक गतिशीलता ल्याउने सम्भावना बोकेको छ । भैरहवा भन्सार कार्यालयको प्रभावकारी व्यवस्थापन, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सुसञ्चालन र पूर्ण सदुपयोग, तथा बुद्ध पर्यटनलाई संस्थागत गर्न महोत्सवले महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपालको दक्षिणी ढोकाको रूपमा, अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी पर्यटकलाई लुम्बिनी क्षेत्रमा भित्र्याउने मुख्य आधार हो । यस विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटन विकासलाई नयाँ उचाइमा पुर्याउन सक्छ । यसैगरी, भैरहवा भन्सार कार्यालयले व्यापार सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ ।
यस महोत्सवले लुम्बिनी क्षेत्रमा धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्दै बुद्धका उपदेशहरूको प्रचार–प्रसारमा पनि मद्दत पुर्याउनेछ । स्थानिय तथा राष्ट्रिय उत्पादनहरूलाई विश्वव्यापी बनाउने, रोजगारी सिर्जना गर्ने र लगानीमैत्री वातावरण बनाउन यस महोत्सव एउटा प्रेरणाको स्रोत हुनेछ ।
यस महोत्सवलाई सफल बनाउन सबै तह र तप्काका जनताको सहकार्य आवश्यक छ । यसको प्रभावकारी व्यवस्थापन र आयोजना यस क्षेत्रको पहिचानलाई अझै उचाइमा पु¥याउन महत्वपूर्ण हुनेछ ।
यस महोत्सवले रुपन्देही क्षेत्रको समग्र आर्थिक विकासमा उल्लेखनीय योगदान दिने विश्वास लिएका छौँ ।
लुम्बिनी मात्र धार्मिक गन्तव्य नभई, शान्ति, शिक्षालगायत विविध सांस्कृतिक गतिविधिका लागि विश्वस्तरमा परिचित छ । बुद्धका उपदेश र विचारधारालाई समेटेर लुम्बिनी क्षेत्रलाई शान्तिको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि महत्त्वपूर्ण छ । यस सन्दर्भमा, महोत्सवले नयाँ नीतिगत बहस सिर्जना गर्न, अन्तर्राष्ट्रिय साझेदारीलाई प्रोत्साहन दिन र क्षेत्रीय विकासको खाका तयार गर्न मद्दत पुर्याउनेछ ।
यस महोत्सवले लुम्बिनी क्षेत्रमा धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्दै बुद्धका उपदेशहरूको प्रचार–प्रसारमा पनि मद्दत पुर्याउनेछ । स्थानिय तथा राष्ट्रिय उत्पादनहरूलाई विश्वव्यापी बनाउने, रोजगारी सिर्जना गर्ने र लगानीमैत्री वातावरण बनाउन यस महोत्सव एउटा प्रेरणाको स्रोत हुनेछ ।
त्यस्तै, महोत्सवले कृषक, साना उद्यमी, तथा ठूला लगानीकर्तालाई एकैथलोमा ल्याएर कृषि तथा औद्योगिक उत्पादनमा नयाँ सम्भावनाहरू पहिचान गर्न पनि सघाउनेछ। स्थानीय युवाहरूका लागि नयाँ रोजगारी र उद्यमशीलताको वातावरण तयार पार्न महोत्सव प्रभावकारी हुने देखिन्छ ।
यस महोत्सवलाई सफल बनाउन सबै तह र तप्काका जनताको सहकार्य आवश्यक छ । यसको प्रभावकारी व्यवस्थापन र आयोजना यस क्षेत्रको पहिचानलाई अझै उचाइमा पु¥याउन महत्वपूर्ण हुनेछ । यसले रुपन्देही क्षेत्रको समग्र आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा उल्लेखनीय योगदान दिनेछ । सबैलाई यस महोत्सवमा सहभागी हुन र यसलाई सफल बनाउन हातेमालो गर्न आह्वान गर्दछौँ । नेपालको अर्थतन्त्रलाई अगाडी बढाउनका लागि यो महोत्सवले उत्कृटता हासिल गरोस शुभकामना ।
लेखकः लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको पूर्व प्रेस सल्लाहकार हुनुहुन्छ ।