logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    फरार प्रतिवादीहरू पक्राउः कैद र जरिवानाका लागि अदालतमा पेश


    १६ मंसिर २०८१ , आइतबार

    फरार प्रतिवादीहरू पक्राउः कैद र जरिवानाका लागि अदालतमा पेश

    भैरहवा, मङ्सिर १६ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतको विभिन्न मितिमा भएको फैसलाबमोजिम फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरेको छ ।

    मिति २०८० साल फागुन १३ गतेको फैसलाअनुसार बैंकिङ कसूरको मुद्दामा २ महिना कैद र रु. ६४ लाख ४५ हजार जरिवाना फैसला भएका तिलोत्तमा नगरपालिका वडा नं. १ बस्ने अखलेश यादव (अखलेश यादव भन्ने अखलेश यादव) लाई प्रहरीले पक्राउ गरेको छ ।

    मिति २०८० साल असार ६ गतेको फैसलाबमोजिम कुटपिट अंगभंग मुद्दामा १ महिना कैद र रु. एक हजार जरिवाना फैसला भएका ओमसतिया गाउँपालिका वडा नं. ४ बस्ने पप्पु कुर्मी (पिताम्बर चौधरी भन्ने पप्पु कुर्मी) लाई पनि पक्राउ गरी अदालतमा पेश गरिएको छ ।

    फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ कार्यमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली सक्रिय रहेको छ । यस विषयमा जानकारी दिँदै सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नवीन पौडेलले कानूनी पालना सुनिश्चित गर्न यस प्रकारका गतिविधिहरूलाई निरन्तरता दिइने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.