logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    महिलाहरूको स्वास्थ्य सुधारका लागि ग्याँस सिलिण्डर वितरण


    १८ मंसिर २०८१ , मंगलबार

    महिलाहरूको स्वास्थ्य सुधारका लागि ग्याँस सिलिण्डर वितरण

    लुम्बिनी, मङ्सिर १८ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १३ कालिदह कार्यालयको आयोजनामा वडा स्तरीय पैसिया र वडवलिया गाउँका महिलाहरूलाई स्वास्थ्यमा सुधार होस् र धुवाँको समस्याबाट बचाउन ग्यास सिलिन्डर र ग्यास चुलो वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा वडा नं १३ का ११५ जना महिलाहरूलाई ग्यास सिलिन्डर र चुलो वितरण गरियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले महिलाहरूले खाना पकाउन दाउरा र गोबर गुइँठाको भर पर्नु पर्ने बाध्यताका कारण स्वास्थ्यमा असर परिरहेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले यो कदम चालेको बताए । उहाँले महिलाहरूलाई यस्तो सहयोगले समय, स्वास्थ्य, र सहज जीवनशैलीमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । साथै, भविष्यमा महिलाहरूका लागि विभिन्न तालिम तथा आयआर्जनका कार्यक्रमहरू सञ्चालन गरिने पनि जानकारी दिनुभयो ।

    वडा अध्यक्ष सईद मुहम्मद खाँले महिलाहरूको समस्या समाधानका लागि वडा कार्यालयले घरायसी सुविधाहरूमा सुधार गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको बताए । उहाँले जाडो मौसममा खाना पकाउन गाह्रो हुने, गोबरको गुइँठा र दाउराको धुवाँले विभिन्न रोग लाग्ने, र आर्थिक कठिनाइका कारण ग्यासको पहुँच नभएको महिलाहरूलाई यो वितरणले राहत मिल्ने बताए । साथै, आगामी दिनमा अन्य वडाका महिलाहरूसमेत यो योजनाबाट लाभान्वित हुने आश्वासन दिए ।

    कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १३ का कम्प्युटर अपरेटर विजय गुप्ताले सञ्चालन गरेका थिए । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सईद मुहम्मद खाँले गरेका थिए भने प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली थिए । अन्य अतिथिहरूमा समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाल, वडा सचिव लवकुश पुरी, वडा सदस्यहरू, कर्मचारी, र समाजसेवीहरूको उपस्थितिले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.