लुम्बिनीखबर
भैरहवा, २० मंसिर । लियो क्लब अफ सिद्धार्थनगर बाहेमियन्सले न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.२ स्थित रहेको बौदिक अपाङ्गता (डे केयर सेन्टरका) बालबालिकाहरुलाई न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण गरिएको लियो क्लब अफ सिद्धार्थनगर बोहेयन्सकी अध्यक्ष सृजान कुँवर क्षेत्रीले जानकारी दिनुभयो ।

६७ औं लियो सप्ताह अन्तर्गत ५ औँ दिन मंगलबार विद्यालयमा पुगेर न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको क्लवकी संयोजक सुजता नेपालले जानकारी दिनुभयो ।
विगतका दिनहरुमा पनि यस्ता खालका सामाजिक कार्यमा क्रियाशील यस क्लवले विभिन्न दुःखी, गरीब, अपाङ्गता, बेसाहारा लागि मलहम पट्टीको काम गर्दै आइरहेको छ ।