logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    टुगा आस्था विकास साकोसद्वारा सहकारी शिक्षा कार्यक्रम सम्पन्न


    ३० मंसिर २०८१ , आइतबार

    टुगा आस्था विकास साकोसद्वारा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

    भैरहवा, मंसिर ३० । सहकारीको पाँचौं सिद्धान्त शिक्षा, तालिम र सूचना अनुरूप टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवा सेवा केन्द्रका शेयर सदस्यहरूका लागि आइतबार बोधि कटेज भैरहवामा सहकारी शिक्षा कार्यक्रम आयोजना गरेको छ । शिक्षा उपसमिति संयोजनमा सम्पन्न यस कार्यक्रमले सहकारी सिद्धान्त र वित्तीय व्यवस्थापनको ज्ञान प्रदान गर्दै सदस्यहरूको भूमिकालाई थप सशक्त बनाउन योगदान पुर्याएको छ ।

    कार्यक्रमको अध्यक्षता शिक्षा उपसमिति संयोजक शारदा देवी पौडेलले गर्नुभएको थियो । प्रमुख अतिथिको रूपमा संस्थाका अध्यक्ष डी.बी. थापाले सहकारीको ऐतिहासिक पृष्ठभूमि र संस्थाको वर्तमान गतिविधि तथा सदस्यहरूको जिम्मेवारीबारे आफ्नो मन्तव्य राख्नुभयो । विशिष्ट अतिथिकारूपमा उपस्थित सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहकारी सिद्धान्त, वित्तीय पारदर्शिता, र सहकारी सञ्चालनका प्रभावकारी उपायबारे विस्तृत जानकारी दिनुभएको थियो ।

    कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य श्रवण कुमार थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक थानेश्वर पाण्डेले दिनुभएको थियो । कार्यक्रममा ७० जना शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा २१ जना नयाँ सदस्यहरूको प्रवेश गराइएको थियो । नयाँ सदस्यहरूलाई संस्थाको कप उपहार प्रदान गरी स्वागत गरिएको थियो ।

    सदस्यहरूको क्षमता विकासका लागि यो कार्यक्रम निकै प्रभावकारी भएको बताइएको छ । कार्यक्रमले सहकारीका सदस्यहरूलाई ज्ञान अभिवृद्धि गर्नुका साथै सहकारी गतिविधिमा थप सक्रिय बनाउने विश्वास लिइएको छ ।
    टुगा आस्था विकास साकोसका ३ वटा सेवा केन्द्रसहित ६ हजार ८ सय ६० जना शेयर सदस्य छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.